Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एउटा अनुगमनमै गयो उद्योगमन्त्रीको १२ दिन मै पद

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसंगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव शपथ लिएको १२ आंै दिनमा पदमुक्त भएका छन् । उनले मन्त्रालय सम्हालेपछि जम्मा एउटा मात्रै अनुगमन गर्न भ्याएको मन्त्रालय स्रोतले बतायो । जेठ २७ गते मन्त्रालयको कार्यभार सम्हालेका मन्त्री यादवले मन्त्रालयका सबै शाखाबाट ब्रिफिङसमेत लिन पाएका थिएनन् । पदभार ग्रहण गर्दा कुनै त्यस्तो औपचारिक निर्णय नगरेका यादव शनिबार भारततर्फ हुने पेट्रोलियम चोरी रोक्नेबारे प्रदेश एक र दुई तथा त्यहाँका जिल्लाका कर्मचारीसंग आयल निगमले गरेको छलफलमा सहभागी हुन विराटनगर गएका थिए । त्यसपछि सिलुगडीदेखि झापाको चारआलीसम्म बन्ने पेट्रालियम पाइपलाइनको प्रगतिबारे अनुगमन गरेर उनी काठमाडौं फर्किएका थिए । मन्त्रालय सम्हालेपछि मन्त्रीज्यू प्रदेश एक र दुईको अनुगमनमा जानु भयो, दुई दिन हेलिकप्टर चढेर घुम्दैमा पद गयो मन्त्रालय उच्च स्रोतले भन्यो । मन्त्री यादवले निषेधाज्ञा खुकुलो भएपछि तालिका बनाएर काम गर्ने तयारी गरेको र सचिवालयसमेत व्यवस्थित भइनसकेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । नयाँ मन्त्री आएपछि मन्त्रालयमा दीर्घकालीन महत्वका कुनै निर्णय नभएको मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताएका हुन् ।


सम्बन्धित समाचार