Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँबाट आयो सूमार्गीको सम्पत्ति

काठमाण्डौ । दुई चारवटा टिपरको व्यवसाय चलाउने र खोला नालाको बालुवा उदिन्ने व्यापारी रातरात कसरी अरवौं सम्पत्तिको मालिक बन्छ ? जसलाई आफ्नो सम्पत्ति कति त ? घरजग्गा कहाँ कहाँ छ भन्ने समेत पत्तो छैन । सबैलाई थाहा छ हेटौडाका अजय सुमार्गीको हुन् । उनको धन २०६२÷०६३ को आन्दोलनबाट उर्लियो । धेरैले भनेका छन् माओवादी जनयुद्दमा लुटेको गाडधन सुमार्गी मार्फत लगानी भएको हो । तर सत्य तत्थ्य कसैले ल्याउन सकेका छैनन् । अजय सुमार्गीको विगत सिमेण्ट कारखानाको बोरो सप्लायर र एनसेल स्थापनाताका फाईल बोकेर हिड्ने व्यक्ति थिए । उनी रातारात धनाध्य भए । कान्तिपुरका साहु कैलाश सिरोहियाले उनैलाई ६ करोडमा बेचेको जग्गा ४ वर्ष पछि त्यही पैसामा खरिद गर्न खोज्दा सुमार्गीले नदिए पछि कान्तीपूरले एक महिनासम्म निरन्तर सुमार्गीको व्यवसायी विरुद्ध समाचार प्रवाह गरेर दलाली पत्रकारिताको धज्जी उडायो । तर सुमार्गीको कमाईको श्रोत सत्य तत्थ्य ल्याउन सकेन । लडाँइ प्रचारको चल्यो जीत सुमार्गी कै भयो ।
तीनै सुमार्गीले रसुवाको हिमालयन टपमिनरल वाटर कम्पनीबाट कोरियनलाई खेदाउन माओवादीलाई हात लिएका हुन् । माओवादी बदनाम भयो । कम्पत्ति सुमार्गीले कब्जा गरे । परिचालित वाइसियलका कार्यकर्ता र रसूवा जिल्ला नेतृत्वले के कति खायो उनीहरु नै जानून् । तीनै सुमार्गीले भूकम्प प्रतिरोधी घर बनाउने योजना ल्याए । तर त्यो चलेन । संसारका तस्कर माफीया र भ्रष्टको पैसा जम्मा गर्ने ट्याक्स हेभेनबाट अर्बाै भित्र्याएका सुमार्गीले इन्भेष्टमेण्ट बैंकमा आएको रु ४ अर्ब भने झिक्न पाएनन् । त्यो रकम उनले उर्जा र सिमेण्ट कारखानाका लागि ल्याएको बताउथे । संचारमन्त्री कृष्ण महरा हुँदा लाईसन्स पाएको उनको स्याटलाइट टेलिफोन पनि अहिले बन्दछ । सुमार्गीले माओवादीसँग रेडियो किने त्यो थाहा खबरका रुपमा चलेको छ । घाटामा चलेको अनलाइन पनि थाहा कै नाउमा छ । उनको चलेका संस्था यीनै हुन् ।
सुमार्गीको लगानीमा शंका छ । सुन्धारामा इच्छाराजसँग खरिद गरेको महल अलपत्र छ । उनी त्यहाँ होटल चलाउने योजनामा थिए र सिरोहियाले लृुट्न नपाएको अहिले १० करोडमा बेच्न ठिक परेको तिनकुनेको जमिन पास भएको छैन । उनले बैना लिएका छन् । बानेश्वरमा सुमाग्रीको इन्फ्राइष्टक्चर प्रा.लि छ । त्यसले आफ्नो कार्यक्षेत्र अगाडि बढायो । तर सुमार्गीलाई धान्ने त्यही हुदैछ । ऋण दियो समयमा फिर्ता गर्न नसक्नेसँग जग्गा कब्जा गर्याे । सुमार्गीको व्यापार चम्केको कारण यही हो । उनले चण्डोलमा फे्रन्च एम्बेसीको १२ रोपनी जमिन हत्याए । त्यही जमिनमा रसीयन व्यापारी डा. उपेन्द्र महत्तोको नजर नपरेको होइन । त्यो जमिन ६ रोपनी बंगला देश बंैकलाई बेचेका सुमार्गीले ६ रोपनी आफैले राखेका छन् ।
नेपालमा अवैधानिक सम्पत्ति थुपार्ने घरनाहरु धेरै छन् । राजा विरेन्द्रको वंशनास भएपछि विनोद चौधरीले दरबारको सम्पत्ति हत्याएका हुन् । उनी विश्वको धनाढ्य भएको अमेरिकी विजनेश पत्रिका फोर्सले समाचार दियो । उनले देखाउने कम्पनि सिजी ग्रुप र चाउचाउ विक्रीले विश्वको धनाढ्य बनाउन कसरी साथ दियो होला ? राज्यलाई कर छल्ने ठूला घराना हुन् । सरकार नाङ्गाले पसलेलाई निचार्छ तर कर छल्ने विद्युत महशुल नतिर्नेहरुलाई तह लगाउन सक्दैन । राजस्व छल्नेले पार्टीका नेता पालेका छन् । व्यापारीले दलीय आवरण पहिरिनु भनेको कर छल्ने हो । प्रचण्डसँग जोडिएका सुमार्गी शुशिल कोहराला प्रम हुनासाथ बालुवाटार छिरेकै थिए । सत्तामा आउनेलाई व्यापारीको जरुरी पर्छ । कमिशन संकलन गर्नका लागि विचौलिया चाहिन्छ । सुमार्गी कसको विचौलिया बनेर त्यो सम्पति जोडे ? यतिखेर धरैले शंका गरेका छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल