Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विमानस्थलको कार्गोबाट यसरी पास हुन्छ ल्यापटप

काठमाडौं । श्रमिकले विदेशमा दुःख गरेर कमाएको पैसाले किनेका सामान आफ्नै देशको विमानस्थलबाट हराउँछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट ल्यापटप चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विमानस्थलमा लोडरको काम गर्ने २९ वर्षीय विष्णु अधिकारी छन् । सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–२ घर भएका अधिकारीलाई चोरी गरेको ८ थान ल्यापटपसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाले बताएका छन्।
नयाँ नेपाल जनशक्ति सर्भिस प्रालिको तर्फबाट कार्गो कम्प्लेक्सको निर्यात गोदाममा लोडरको काम गर्ने अधिकारीले ल्यापटप चोरी गरेका हुन् । रातको समयमा आयात तर्फको गोदामबाट उनले ल्यापटप चोरेर फोहोरमा लुकाउने गरेको र दिउँसो डेरामा लैजाने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । त्रिवि शाखा कार्यालयले संचालनमा ल्याएको कार्गो कम्प्लेक्सबाट २९ वर्षीय अधिकारीले जेठ २० मा ७ र असार ३ मा ६ थान गरी १३ थान ल्यापटप चोरी गरेको पाइएको छ । चोरीको सूचना आएपछि विमानस्थल सुरक्षा कार्यालय र महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान गरेको थियो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ वेशीगाउँ बस्ने उनलाई आवश्यक कारवाहीका लागी महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।


सम्बन्धित समाचार