Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सन्तानले धान्लान् त नेताकाे बिरासत

काठमाण्डौ । प्रतिस्पर्धा गर्ने दिनसम्म को–को उम्मेद्वार बन्छन्, अवस्था के हुन्छ निश्चित छैन । तर १४औं महाधिवेशनको तयारी शुरु हुँदा नेपाली काँग्रेसमा सात जना नेता सभापतिको दावेदार बनेका छन् । सभापति शेरबहादुर देउवा दोस्रो चरणमा उम्मेद्वार भएर पार्टीलाई पूरानै स्थान पु¥याउने घोषणा गर्दैछन् । प्रधानमन्त्री हुने पार्टी सभापति बन्ने रामचन्द्र पौडेलको रहर भने अबको समय पनि लामदायक छैन । पौडेल क्रिपाको पदमा रमाउँदै आए । उनले राजनीति गर्दा जिल्ला आफ्नो भेग र राष्ट्रिय रुपमा उदारता देखाउन सकेनन् । आफ्नै सहयात्री गोविन्दराज जोशीको राजनीतिक भविष्य ध्वस्त बनाउन आफैँ तम्सिए । गाउँमा आफ्नै बन्धुको खेत उदारोमा किने पुस्तक बेचेर खेतको पैसा तिर्छु भनेका पौडेलले अहिले पनि त्यो पैसा तिरेका छैनन् । आर्थिक रुपमा समेत लिच्चड भएपछि काँग्रेसमा रामचन्द्र वरिष्ठ नेता त बनाइए पौडेल जस्ताले न त पार्टी हाँके न त देश हाँक्ने अवसर पाएका छन् । चिरन्जिवी वाग्लेहरु अख्तियारको जालमा परे । तर मौकामा ठाउँ पाउँदा श्रीमतिलाई माओवादी पिडित बनाएर २÷४ लाख हात पार्न पनि नछाड्ने रामचन्द्र सम्धि र छोराका लागि विवादमा परे । चुनाव प्रचारमा जाँदा बाबुछोरालाई समान दर्जामा नराख्दा मातदाताहरुसँग झन्कने, फन्कने गर्दा पनि पौडेलको मत घटेको थियो । पार्टीको सभापतिका लागि रामचन्द्रले साथ खोज्ने भनेको प्रकाशमान सिँहसँग हो । यसपटक सिँह आफंै पनि सभापतिको उम्मेद्वार बन्ने भन्दै छन् । डा. शेखर, डा. शशाङ्क कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधिसम्म सभापतिको दावी गर्र्दैछन् । यो समूहबाट सिँह र कोइरालाहरुले हिजो रामचन्द्रलाई साथ दिएका हुन् ।
अहिले पौडेल भन्दा डा. शेखर कोइराला नै शेरबहादुरसँग भिड्न सक्षम छन् । डा. शेखर देउवा र पौडेलबीचको इगोमा परेका कार्यकर्ता मिलाउने पार्टी एकतामा जोड दिने, गुटको होइन पार्टीको निम्ति एकता जनताको समस्यामा एक रुपता हुनुपर्छ भनेर ७७ जिल्ला धुम्ने उनै कोइराला हुन् । त्यसो त गिरिजाप्रसाद कोइरालाकी एकमात्र सन्तान सुजाता कोइरालाले पनि पहिलो महिला सभापतिको इतिहास बनाउने भन्दै मैदानमा उत्रिएकी थिइन् । जहाँ शेरबहादुर र रामचन्द्र पुगेका छैनन् । विमलेन्द्र निधि भारतको आडमा सभापतिको दावेदार बन्न लागेका हुन् । उनी भौतिक पूर्वाधार मन्त्री र गृहमन्त्री बन्दा भारतीय स्वार्थमा काम गरेका छन् । काठमाण्डौ निजगढ फाष्ट ट्रयाक भारतीय कम्पनीलाई सुम्पने निधिको योजना सर्वत्र विरोध भएपछि नेपाली सेनाले ठेक्का पाएको हो । सेनाले फाष्ट ट्रयाकको परामर्शदाता नियुक्त गर्न दबाव दिँदा तत्कालीन रक्षामन्त्री ईश्वर पोख्रेलको रक्षा मन्त्रालय खोसीएर बिना विभागीय मन्त्रीको रुपमा थन्किँदै मन्त्री पद गुमेको अवस्था छ । निधि स्वच्छ छविका छन् छैनन् उनको मन्त्रिकालका विवादीत निर्णयले देखायो । अहिले उनी सभापतिको उम्मेद्वार बन्ने तर साथ शेरबहादुरको खोजेको छन् । देउवालाई सरकार चलाउन निधिले दिएको सुझाव ठिक हो । तर गणेशमान पुत्र प्रकाशमान, बीपि पुत्र डा. शसाङ्क र महेन्द्र नारायण निधि पुत्र विमलेन्द्रको पुस्तान्तरमा अर्काे टोली राजनीतिमा छैन ।
काँग्रेसमा अबको एजेण्डा युवाहरुको नेतृत्व हो । पुरानो पुस्ता संरक्षक बन्नुपर्छ भन्ने नै छ । काँग्रेसका युवाहरु धनराज गुरुङ, गगन थापा, प्रदिप पौडेलहरुको टीम बलियो छ । चन्द्र भण्डारी, शंकर भण्डारीहरु टीम नेताको गुटमा भित्र पसेका छैनन् । यी नेताहरु संसदमा नेकपाका उम्मेद्वारहरुबाट पराजीत भएपछि पार्टी गतिविधिमा केन्द्रीत छन् । शंकर भण्डारीले काँग्रेसको तरुण विभागकै कमाण्ड गरेका छन् । मुलुकको जेठो पार्टी नेपाली काँग्रेसले प्रजातन्त्र, मानव अधिकार, स्वतन्त्र प्रेस, कानूनको राज्य मुलमन्त्र मान्छ । तर भ्रष्टाचारीहरुको जमात नेकाँमा भन्दा एमालेको ओली गुटले बढाएकोमा काँग्रेसलाई विकृतिविरुद्ध बोल्ने ठाउँ बन्दैछ ।