Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युरोपेली मुलुकमा फेरि संक्रमण, अर्को चरणको महामारी फैलने चेतावनी

काठमाडौँ । युरोपेली देशमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ। बितेको २४ घण्टामा ७६ हजार ९९४ जना संक्रमित थपिएका छन् । सोही अवधिमा ९६७ संक्रमितको मृत्यु भएको छ । अहिले १४ लाख ८३ हजार ८९६ जना सक्रिय संक्रमित छन् । युरोपमा संक्रमणदर क्रमशः बढ्दै गएको पछिल्लो तथ्या‌कले देखाउँछ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले पनि युरोपेली देशमा झण्डै दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि बढ्न थालेको जनाएको छ । सङ्क्रमितको सङ्ख्यामा फेरि बढ्न थालेपछि अर्को चरणको महामारी फैलनसक्ने भन्दै डब्लुएचओले चिन्ता गरेको छ । कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनले जोड दिएको छ।

“युरोपेली देशहरुमा महामारीको अर्को चरण शुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायप्रति सवै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने।उनले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा बृद्धि हुन थालेको हो।

क्लुगले युरोपेली देशमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे। नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनको भनाइ छ। खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सवै देशका अधिकारीलाई उनले आग्रह गरे। युरोपेली देशमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्याङ्क छ। युरोपेली देशमा कोरोना संक्रमितको संख्या ४ करोड ८० लाख ५८ हजार नाघेको छ । अहिलेसम्म ११ लाख ३ हजार ७३९ जनाले ज्यान गुएमा छन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल