Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अनमोलको जोडी जसिता

अनमोल केसीको मुख्य भूमिका रहने नयाँ चलचित्र फिल्म एन्टी हिरोमा लिलिबिली गर्ल जसिता गुरुङले प्रमुख भूमिका पाउने भएकी छिन् । अभिनेता प्रदीप खड्कासँग लिलिबिली र लभ स्टेशन गरि दुई फिल्ममा काम गरिसकेकी उनले अब अनमोलसँग स्क्रिम सेयर गर्ने भएकी हुन् । केही दिनयता निर्माता तथा अभिनेता भुवन केसी फिल्मका लागि अभिनेत्रीको खोजीमा थिए । उनको नजरमा दुई अभिनेत्री थिए, साम्राज्ञी आरएल शाह र जसिता गुरुङ । साम्राज्ञीसँग खासै राम्रो सम्बन्ध नभएका कारण उनले जसितालाई प्रस्ताव गरेको हुन् । तिहारपछि छायांकन सुरु हुने फिल्ममा अभिनेता भुवनले पनि अभिनय गर्दैछन् । फिल्ममा उनी नेगेटिभ रोलमा देखिँदैछन् । पहिलो पटक अनमोल र भुवनले एकसाथ फिल्ममा अभिनय गर्न लागेका हुन् । फिल्मका लागि निर्देशकको अझै टुंगो लागेको छैन । सम्भवतः भुवन स्वयंले फिल्मको निर्देशन गर्नेछन् ।

एक्सन–लभस्टोरी जनरामा निर्माण हुने फिल्मका लागि अहिले अनमोल शरीर सुंगठित बनाउन जिममा पसिना बगाइरहेका छन् । फिल्म ‘कृ’ पछि उनी फेरि एकपटक ‘एन्टी हिरो’ मा एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । फिल्ममा उनको चकलेटी लुक्स पनि देख्न पाइने बताइएको छ । फ्लोरमा नजाँदै लगानी उठाइसकेको यो फिल्मको अहिले स्क्रिप्टलाई फाइनल गर्ने काम भइरहेको छ ।