Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले हिन्दी चलचित्रको नक्कल गर्न छाड्न चलचित्रकर्मीलाई सुझाव दिएका छन् । पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना भएको सर्ट फिल्म फेस्टिभलमा इमरानले भने–‘हामीले सुरुवातदेखि नै गल्ती गरेका छौं । पाकिस्तानी चलचित्र उद्योग बलिउडबाट प्रभावित भएको छ । यसको परिणाम स्वरुप बाहिरी देशबाट नक्कल गर्ने र उनीहरुलाई नै स्विकार गर्ने प्रथा अगाडि बढ्यो ।’
इमरानले पाकिस्तानी मेकर्सलाई चलचित्र निर्माणमा नयाँ सोचका साथ अगाडि बढ्न आग्रह गरे । उनले भने–‘म नयाँ पुस्तालाई यो भन्न चाहन्छु कि, अहिलेको दुनियाँमा आफ्नोपन बिक्छ । नक्कलको कुनै पनि मुल्य छैन ।’
उनले, पाकिस्तानी चलचित्रमा बलिउड र हलिउडको प्रभाव रहेको भन्दै अगाडि भने–‘मानिसहरुले तबसम्म देशका कथाहरुलाई तल्लो नजरले हेर्छन्, जबसम्म यसलाई व्यवसायिक रुपमा बदलिदैन ।’
उनले, नयाँ पुस्तालाई देशकै कथा भन्न आग्रह गर्दै असफलतासँग नडराउन पनि सुझाव दिए ।
२०८१ चैत्र २६
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल