Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । ससस्त्र प्रहरी भित्र आइजीपी शैलेन्द्र खनाललाई मुर्गा बनाएर खाने महेन्द्र हमाल अहिले एटिएफको लेखा प्रमुख भएका छन् । यसअघि उनी आर्थिक कारोबार हुने मुद्दती सेवा निर्देशनलयमा थिए । उनले आफू बढि आम्दानी हुने अस्पतालको लेखा प्रमुखमा गएर त्यहाँ उमाकान्त जोशीलाई ल्याएका छन् । हमाल तिनै हुन् जसले ससस्त्र प्रहरीको अस्पतालमा घर पारेर तत्कालीन अवस्थामा सरकारले तोकेको मुल्य भन्दा चार दोब्बर बढि पैसा असुलेका थिए ।
त्यतिखेर डिआईजीको बढुवा र सरुवाका लागि पनि उनले प्रदेश तहमा फोन गरेर आईजीपीको नाम लिएर कुम्ल्याउने गरेको हल्चोकलाई थाहा छ कि छैन त्यसको निगरानी गर्ने को ? डिआईजीको लािग तालिम नपुगेका भेषबहादुर शाहा प्रदिप पाल, लक्ष्मण बहादुर सिहं, कृष्णराज पाठक प्रहरीमा सई पदमा प्रवेश गरेका थिए । डिएसपीदेखि डिआईजीसम्म १०६ सीट खाली रहेको त्यो शसस्त्रमा तीन डिआईजी १० एसएसपी पद रित्त छन् । एसपी भएको चार वर्ष नपुगेकाहरुलाई कामु एसएसपी पद दिने चलन त्यहाँ छ ।
कामु हुनेमा प्रविण कंडेल, विष्णुप्रसाद भट्ट, दिग विजय सुवेदी, माधव प्रसाद पौडेल, विश्वकुमार भट्टराई, भूपेन्द्र केसी, कमल तिउसीना, नीरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत यो टीममा पर्नेछन् । त्यसो त सि नं २ का ३७ जना पहिले एसपी भएका थिए । जो कामू हुन् नसक्ने हुन उनीहरुले खेलो फड्को गरेका छन् । त्यो खेल सफल भएमा निरिक्षकबाट डिएसपी बन्नेहरुलाई धक्का पुग्छ । शसस्त्रको प्रशासनमा एआईजी रामशरण पौडेल आउना साथ शुरु भएको सलवलाहटले हल चोकदेखि गृहमन्त्रालय सम्म सनसनी ल्याएको छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल