Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

व्यवसायिक विकास तालिम सम्पन्न

भक्तपुर । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत समेतका प्रहरी कर्मचारीहरुको लागि संचालित व्यवसायिक विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । महानगरीय प्रहरी परिसर भक्तपुर र ‘इन्स्टिच्युट अफ प्रोफेसनल डेभलपमेन्ट एन्ड रिसर्च सेन्टर काठमाडौं’को संयुक्त आयोजनामा भदौ १८ गते देखि उक्त तालिम संचालन भएको थियो ।

तालिममा सहभागी ३७ जना प्रशिक्षार्थीहरुलाई व्यवसाय सम्बन्धी मूल्य शिक्षा, योग तथा ध्यान कक्षा संचालन गर्नुका साथै भिजिट नेपाल २०२० लाई लक्षित गरी भक्तपुरका कला, संस्कृति र सम्पदा सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो । कार्यक्रममा उक्त इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्ल, ‘सपोर्ट प्रोमोसन अर्गनाइजेसन अफ नेपाल’का अध्यक्ष तथा योग गुरु पुष्‍कर राज पन्त, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।