Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जहाँ प्रवेश गर्याे त्यहाँ खैला वैला मच्चाउने नेकपा एमालेका महासचिव इश्वर पोख्रेल अहिले पनि विवादमै तानिएका हुन् । पोख्रेलसँग जोडिएको हुकाम कम्पनीकै कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्याक्सिन ल्याउन सकेन प्रति डोज ४ डलरको भ्याक्सीन ढुुवानी सहित सेरमले काठमाण्डौमा ल्याई दिने सम्झौता गर्दा हुकाम कम्पनी बाधक बन्यो ।
यो टोलीले प्रति डोज ६.३७ मूल्य कायम गरेर ३४ करोड ३७ लाख कमिशन छुट्याउन स्वास्थ्यलाई दबाब दिएको हो । जुन दबाब स्वास्थ्यले स्वीकार गर्दा नेपालले भ्याक्सिन पाएन । अन्य देशमा हुन्थ्यो भने त्यो मुद्दा अन्र्तराष्ट्रिय अदालतले हेर्ने थियो । नेपालका १३ लाख नागरिक सेरम खोपको पर्खाइमा छन् । भारतले नदिएपछि तीनले लगाएको पहिलो डोजको मात्रा काम लागेन । पोख्रेलले डा. जागेश्वर गौतमसँग मिलेर रु १५ करोडको ठेक्का कब्जा गराएका छन् । वीर अस्पतालको नयाँ भवनमा भ्याण्टीलेटर र मोनीटर खरिद गर्न भ्याक्सिन इन्कर्पाेरेशन टे«र्डस प्रा.लि. लाई दिईएको छ । सुन्दर भूूसालनामका व्यक्ति त्यो कम्नीका मालिक हुन् । यस अगाडि पनि त्यही कम्पनीले रु १२ करोडको काम पाएको थियो । भ्याण्टीलेटरका लागि आवश्यक मनिटरिङ करोड ७६ लाखको अर्काे ठेक्का पनि गौतम वीर अस्पतालमा आउन साथ दिइयो । जबकी त्यसले भ्याण्टीलेटर र ज्यासेन्ट मनीटरको कारोबार गरेकै थिएन ।
डा. जागेश्वरले भूषाललाई कम्पनी खडा गरेर काम दिलाउनुको कारण कलेजमा भएको लगानी हो । सुन्दर भूषाल क्यानभास कलेजका लगानी कर्ता मध्येका ठूला हुन् । ग्यालक्सी इन्भेष्ट मेण्ट र युनिफाइड अस्पतालसँग डा. जागेश्वर जोडिएका छन् । कोरोनाको नाउमा जनता दुखमा छन् भने राजनीतिज्ञ र ब्यूरो केसीलाई कमाइको मौका मिलेको छ । अस्पतालको नाममा गरिएको ब्रम्हलुटमा इश्वर पोख्रेल मार्फत बालुवाटार जोडिनु नौलो कुरा होइन ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल