Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
ओलीको अधिनायकवाद अन्त भयो । सिद्दान्त र नीतिमा कुनै दल चलेका छैनन् । पार्टीको आर्दश नीति त्याग बलिदानको स्मरण कसैले गर्दैन । केपि ओलीलाई मात लाग्यो । नेकपाका स्पष्ट बहुमत थियो । दुई तिहाईको आकाँक्ष पूरा गर्न उपेन्द्र यादव पनि सत्तामा गए । तर संझौता गर्न कार्यन्वयन नगर्नेमा उनी उब्बल भए । पार्टी एकता किन गरियो के का लागि सर्वाेच्चलाई प्रयोग गरि पार्टी फुटाइयो । अन्तरपार्टी कलह किन चर्काइयो । कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सत्तामा केपि ओली जस्ता अहंकार र दम्बले ग्रस्त नेताको हातमा पुगेपछि बाँदरलाई नरिबल बनाईयो । हस्तक्षेप नभएको कुनै ठाँउ भएन । राष्ट्रको सम्पत्तिमा ब्रम्हलुट चम्काइयो ।
कम्युनिष्टको नाउमा निरंकुश शासक बनेका केपिकै कारण अब नेपालमा कम्युनिष्ट सरकार बन्ने सपना पूरा हुन कठिन छ । भ्रष्टाचारमा अब्बल ओली सरकारको पालामा तस्कर र माफीयाले ठाँउ पाए । देशको सम्पत्ति माफीयाले कब्जा गरेका छन् । माफीयाबाट पैसा लिने इश्वर पोख्रेलहरु केपि ओलीले नचाएकै छन् । कहाँ भएन भ्रष्टाचार कानून विपरीत चुरे खोत लेर भारतलाई गिटी दिने कुरामा होस वा सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र विद्युत उत्पादन गर्न दिने निर्णय वा थामसेर्कुलाई नेपाल ट्रष्टको जमिन कब्जा गर्न दिनु, वायुसेवा निगमको उडान घटाएर हिमालयन एयरलाई अन्र्तराष्ट्रिय उडान दिन काम किन नहोस् ।
कसैको कुरा नसुन्ने लोकतन्त्र र विधि होइन म मात्र सर्वेसर्वा ठान्नु केपिको महिलो अपराध हो । सरकार भनेकै मै हुँ भन्ने दम्बमा प्रचण्डको विरुद्ध खाल्टो खन्न पार्टी नै ढुक्रयाएको इतिहास ओलीले कायम गरे । संवैधानिक परिषदमा ६ जना सदस्य घटाएर ३ जनालाई बहुमत ठान्ने अध्यादेश ल्याउने ओली राष्ट्रपति विद्या भण्डारीलाई साथ लिएर तानाशाहा बनेको उनकै गतिविधिले छर्लङ्ग बनायो । राज्यको श्रोत साधन केपि ओली र उनको मण्डलीले मात्र प्रयोग गर्ने हो । अरुले भोकभोकै मर्ने हो भन्ने सिद्दान्त प्रतिपादन गरेको संसारले देख्यो । कहाँ थियो केपि ओली शासनमा तत्कालीन एमालेको अल्पमतको सरकारले चलाएको शुसासन र विकासका एजेण्डा ? भोको पेटका मजदुरलाई राज्यले गास बास दियो कि बेरोजगारलाई काम दियो ? कोरोनाको नाउमा कमिशन खोज्दा भारतबाट सेरम भ्याक्सिन आएन ।
पाँच दलिय तर गठबन्धनका चरित्र पनि शुद्द दुधले घोइएका छैनन् । तर ओली जस्तो कपटी षड्यन्त्रकारी आँफू मात्र ठिक अरु बेठिक तीनले भन्न सक्दिैनन् । त्यहाँ विचार विविधता छ । काँग्रेससँग मिल्ने एमालेले हुने माओवादीले नहुने भन्ने छैन । हिजो काँग्रेसले ५० लाखमा माओवादी नेताको टाउको खरिद गर्ने भन्दा साथ दिने एमालेको नेतृत्व गर्ने माधव नै थिए । कम्युनिष्टले कम्युनिष्ट माथी नै प्रहार गर्दा फाइदा काँग्रेसले लिन्छ । अहिले ओलीको दमनकारी नीतिबाट पिडित भएको देशले मुक्ति त पायो । तर चरित्र र व्यवहारमा ग्रस्त शेरबहादुर देउवा ठिक छन् भन्ने ठाउँ छैन । ओलीले सिगारेका माफीया समूहले देउवा र प्रचण्डको दैलो सिगार्ने हो । चरित्र फरक हुन अनुहार फरक हुन् । यीनको चरित्र उस्तै हो शैली र व्यवहार उस्तै हो । गुटबन्दी केपि ओलीले एमालेमा चलाए माधव झलनाथलाई खेदे प्रचण्डको गुटवाद ढाक्रे बनेका राम बहादुर थापासँग पाँच जना एमालेका पुच्छर भए नारायण काजी श्रेष्ठ जस्ता कम्बल ओढेर ध्यू खानेहरु प्रचण्डसँगै छन् । उता काँग्रेसमा शेर बहादुर देउवासँग जोड तोड गर्न सक्ने क्षमताका चरित्र नै छैनन् । रामचन्द्रको आर्दश मौका पाउँदा छोरा र सम्धीलाई जागिर खुवाउन विगत होस् वा श्रीमतिलाई द्वन्द पिडितका नाममा ३ लाख दिलाएको निर्णय हेरे पुग्छ । भत्काउने काम केपि ओलीको पालामा भएका छन् । संविधान मिच्ने कानून च्यात्ने मेहँु राष्ट्रमै हूँ सर्वेसर्वा भन्ने अहंकारीको पतन भएको छ । शेरबहादुर देउवा ओली जस्तो त हुदै होइन । तर ओलीले भत्काएको संरचना सुधार गर्न सक्छन् कि सक्दैनन् भन्ने मात्र हो । तर रक्षा संविधान लोकतन्त्र र गणतन्त्रको मात्र होइन संघियताको समेत गर्नु पर्ने दायित्व यो गठबन्धनको छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल