Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको सत्ता बहिर्गमनले एमाले एकता टुट्दै

काठमाडौं । दुई तिहाई बहुमतलाई आफ्नै अहंकारले बहुमतमा झारेका केपी शर्मा ओलीलाई अल्पमतमा पु¥याउने काम एमालेकै वरिष्ठ नेता माधव नेपालबाट भयो । ओलीले सत्ता छाड्दै गर्दा पनि पार्टी भिद्रको अन्तरविरोधलाई नराम्रोसँग मैदानमा ल्याएका छन् । यही बेला राष्ट्रिय युवा संघले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएको छ । युवा संघका कार्यकर्ताले कोटेश्वर(बालकुमारीबीचको आकाशे पुलनजिकै नेता नेपालको पुत्ला दहन गरेको हो । आफ्नै पार्टीको सरकार ढाल्न विपक्षी गठबन्धनको बुई चढेको भन्दै सर्वोच्चको आदेशपछि नेपालसँग एमाले संस्थापन पक्ष रुष्ट बनेको छ । सर्वोच्चको फैसला आउनु अघिल्लो दिन एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले उक्त सहमतिको प्रतिवेदन ओली र नेपाल दुवैलाई हस्तान्तरण गरिसकेको छ । बालुवाटार छाडेर निजी निवास पुगेका ओलीले नेपालले एमालेविरुद्ध अपराध गरेकाले पार्टीमा ठाउँ नभएको उद्घोष गरेका थिए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल