Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज एमाले स्थायी कमिटी तथासंसदीय दलको बैठक, माधव नेपाललाई पनि बोलाइयो

काठमाडौं । सत्ताबाट बाहिरिएको एमालेभित्रको आन्तरिक कलह साम्य हुने भन्दा पनि बिग्रहको बाटोतिर अघि बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि असार २९ गते मंगलबार बस्ने भनिएको बैठक बस्न नसकेपछि आजका लागि बैठक सारिएको थियो । बैठक बस्न पार्टी केन्द्रीय कार्यालयमा ठूलो हलको अभाव भएपछि ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बस्ने तयारी भईरहेको छ । बैठकमा पार्टीको आन्तरिक एकता प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ । पार्टीको आन्तरिक सहमति कायम गर्नेगरी कार्यदलले गरेको १० बुँदे सहमति अझै बैठकबाट अनुमोदन हुन नसकेकाले आजको बैठकमा कार्यदलको सहमतिले प्रवेश पाउने एमालेको अपेक्षा रहेको छ । एमालेले आजै अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक पनि तय गरेको छ । सो अघि स्थायी कमिटीको बैठक आव्हान गरिएको र बैठकमा वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुलाई पनि आमन्त्रित गरिएको स्रोतले जनाएको छ । एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल