Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै जनतालाई उपहार छाडेको गाडी भाडा वृद्धिले ढाड सेक्ने भएको छ । सरकारले गत असार २७ गते बढाएको लामो दूरीको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसहित विभिन्न १३ वटा सूचकका आधारमा बढाइएको भाडा यातायात व्यवस्था विभागले शुक्रबार साँझ सार्वजनिक गरेको हो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट समायोजन गरिएको नयाँ भाडा २० देखि २८ प्रतिशत सम्म बढाइएको छ । यो भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा मात्र लागू हुनेछ । स्थानीय तहको भाडा समायोजनको अधिकार विभागसँग नरहेकाले बढेको भाडा अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक गाडीको हकमा मात्र लागू हुने विभागका महानिर्देशक नमराज घिमिरेले बताएका छन् ।
यस्ताे छ बढेकाे भाडा सूचि
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल