Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अन्ततः माधव नेपाल देउवाकै पक्षमा

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ । तर एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन भने कानूनी र नैतिक रुपमा नमिल्ने भएकाले नेपाल पक्षको सत्तारोहण अनिश्चित छ । सत्तारुढ गठबन्धन शीर्ष नेताबीचको छलफलमा माधव पक्षलाई सरकारमा सहभागिताको लागि आग्रह गरिएको छ । गठबन्धनको बैठकमा नगएका नेपाललाई भेटेरै माओवादी अध्यक्ष प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।गठबन्धनको बिहीवारको बैठकमा भने माधव नेपालको तर्फबाट एमाले पोलिटव्युरो सदस्य डा. विजय पौडेलमात्र सहभागी भएका थिए । यसअघि गठबन्धन बैठकमा भाग लिने गरेका डा. भीम रावल कार्यदलमा १० बुँदे सहमतिपछि सहभागी हुन छाडेका छन् । उनले एमाले एकताको प्रक्रिया अघि बढेकाले अब एमालेविरोधी गठबन्धनमा रहन नमिल्ने बताएका छन् । देउवालाई विश्वासको मत दिन माधव नेपाल तयार भइसकेका छन् । बुधवार आफ्नै निवास कोटेश्वरमा भेट्न गएका देउवालाई नेपालले संसद जोगाउन आफूहरु अदालत गएको भन्दै विश्वासको मत दिएर प्रतिनिधिसभालाई पूरै अवधि जोगाउने बताएका थिए । देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल समूहमा एकमत छैन् । भीम रावल लगायत कार्यदलमा रहेका नेताहरुले दश बुँदे सहमति अनुसार पार्टीमा संस्थागत निर्णय गरेरमात्र विश्वासको मत दिने वा नदिने टुंगो लगाइनुपर्ने बताएका छन् । तर नेपाल पक्षका धेरैजसो सांसदहरुले जुन उद्देश्यले अदालतमा गएको हो त्यो पूरा गर्नका लागि विश्वासको मत दिनुपर्ने नैतिक बाध्यता रहेको बताएका छन् । सकेसम्म एमालेले संस्थागत निर्णय गरेरै विश्वासको मत दिनुपर्ने, नत्र देउवालाई समर्थन गरेर अदालतमा गएकाहरुलेमात्रै भने पनि दिनुपर्ने उनीहरुको भनाइ छ । एमाले केन्द्रीय सदस्य तथा सांंसद मेटमणी चौधरीले भने( हामीले विश्वासको मत दिन्छौं । संसद जोगाउनका लागि बाध्यता हो । केपी ओलीले के गर्छन् भन्ने अलग कुरा हो तर अदालतले नै विश्वासको मत दिए वापत कारवाही हुँदैन भनिसकेको छ । सरकारमा सहभागी पनि हुनुपर्छ । माधव नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले एमालेका २३ जना सांसदले संसद, लोकतन्त्र र संविधान जोगाउन अदालतमा रिट दायर गरेको र मुद्दा जितेकाले विश्वासको मत दिनुपर्ने बताए । तर एमाले पार्टीभित्रै रहेर सरकारमा सहभागिता जनाउन भने नैतिक र राजनीतिक रुपमा नमिल्ने उनको तर्क छ । स्थायी कमिटीका माधव पक्षका धेरैजसो नेताहरुले भने दश बुँदै सहमतिमा टेकेर अब एमाले एकतामा जोड दिनुपर्ने बताएका छन् । अष्टलक्ष्मी शाक्यसहितका नेताहरु समेत अब माधव नेपालले विपक्षी गठबन्धनमा आफू जाने वा आफ्नो सहभागी पठाउने प्रक्रिया रोक्नुपर्ने बताएका छन् । देउवालाई माधव नेपाल पक्षका सबैजना सांसदले विश्वासको मत नदिए पनि कम्तिमा १३ जना भए पुग्छ । यसबीचमा जसपाका महन्थ पक्षका केही सांसद उपेन्द्र यादव पक्षमा लागेका छन् । त्यस्तो अवस्थामा त्यो भन्दा थोरै संख्या भए पनि पुग्छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल