Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यसरी चल्ने भयो लामो दूरीका सवारी

काठमाडौं । कोरोना कहरले थला परेको यातायात क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुगेको छ । गृह मन्त्रालयले जनस्वास्थ्य मापदण्डको पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा सहजीकरण गर्ने जनाएको छ । त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोग र राष्ट्रिय परीक्षा बोर्डलगायत विभिन्न निकायबाट लिइने परीक्षामा सहभागी परीक्षार्थीहरूको सुविधाका लागि सार्वजनिक यातायात सेवा सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसअघि नै परीक्षार्थीहरूको यातायात सुविधाका लागि मध्यम र लामो दूरीका यातायातका साधनहरू सामाजिक दूरीको पालना गरी सञ्चालनमा सहजीकरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । गृह प्रवक्ता जनकराज दाहालले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी आवश्यक मापदण्डको पालना गरी सार्वजनिक यातायातका साधन सञ्चालनमा सहजीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन भएको बताए ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल