Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओलीको पछि लाग्दा पाहा पछारिएझैं पछारिए महन्थ

काठमाडौं । राजनीतिमा सकुनी चाल चाल्न सफल केपी शर्मा ओलीको जालमा परेर १९ दिने सत्तामा पुगेका जसपाको राजेन्द्र महतो, उपेन्द्र ठाकुर पक्ष पाहा पछारिएझैं पछारिएको छ । प्रधानमन्त्री बन्ने अफर आउँदा समेत महन्त ठाकुरले केपी ओलीको साथ छोड्न नसक्दाको परिणाम अहिले उनले नराम्रोसँग भोग्नु परेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह लाग्दा ठाकुर फरक धारमा गए । उनी ओलीको समर्थन गर्न पुगे । ओलीविरुद्ध गठबन्धन बन्दै गर्दा महन्थ ठाकुर प्रधानमन्त्री बन्ने चर्चा पनि चल्यो । गठबन्धनभित्र ठाकुरलाई प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गयो । तर, उनले प्रधानमन्त्री बन्नेमा चाहना देखाएनन् या बनाउँदैनन् भन्ने ठानेर ओलीकै समर्थक बनिरहे । ओली नेतृत्वको सरकारमा महन्थ ठाकुर पक्षका ११ जना मन्त्री समेत भए । तर, उनीहरु ३ हप्ता पनि सरकारमा टिक्न सकेनन् । घटनाक्रम यसरी विकास भयो कि प्रतिनिधि सभा विघटनको ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै बहुमत सांसदको समर्थन दाबी गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्यो । ओली सरकार ढल्यो । ठाकुर पनि कमजोर भए । जसपाभित्र ठाकुरलाई सांसद र कार्यकारिणी समितिका सदस्यले छाड्दै गए । जसपा विवादमा हेड काउन्ट गर्दा ११ साउनमा ठाकुरको पक्षमा १६ मा देखिए । उपेन्द्र यादव पक्षमा ३४ देखिएपछि आधिकारिकता उनकै पक्षमा गयो । अब ठाकुर जसपाको आधिकारिकता गुमाउन पुगेका छन् । उनले कि त उपेन्द्र यादव पक्षको निर्णय मान्नुपर्छ कि त पार्टी फुटाएर जानुपर्छ । पार्टी फुटाएर जाँदा सांसद पद नै गुम्न सक्छ । यसले जसपामा पकड बनाएका ठाकुर अहिले जसपा पार्टी नै गुमाउन पुगेका छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल