Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र सञ्चालनका विषयमा कुराकानी भएको स्वकीय सचिव देउवाले बताए ।
गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवा नेतृत्वको मन्त्रिपरिषदमा कांग्रेस र माओवादीबाट दुई–दुई जना गरी चार जना मात्र मन्त्रीहरु छन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।
जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लागेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए । निर्वाचन आयोगले सोमबार जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएकाले अब मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा छन्
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल