Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संकटको कारक ओली

वर्तमान सरकारको चरित्र प्रगतिशील छैन । जसको योजनामा देश चल्यो त्यसको राजनीतिक तहमा कत्ले आम गनै केपि ओलीको असफल प्रयास सबैका सामूजिवित छ । यो स्थितिको नायक केपि ओली हुन् । केपिलाई प्रधानमन्त्री हुँदाको दम्ब र अहंकारले पार्टी फुटाइयो झण्डै दुई तिहाईको सरकार बहुमत थियो । त्यो बहुमत भत्काउने केपिले इगो लिए ।

प्रचण्डलाई खेदेर माधव नेपाल झलनाथ खनाललाई एमालेबाटै किनारा लगाउन संविधान र कानूनको मात्र होइन पार्टीको विधान समेत च्यातच्यूत बनाए । देश लुट्न पल्केका लुटाहा र भ्रष्टलाई साथ लिएर केपि ओली आफै राजा बनेको फल देउवा सरकार हो । तर यही सरकारले आफ्नो मन्त्री परिषद समयमा निर्माण गर्न नसक्दा आलोचीत भएको छ । सरकारको शुरुवात नै राम्रो छैन । देशको समस्या रोग, भोक, बेरोजगारी, वेथितीमा केन्द्रीत छ । नेताहरु मन्त्री पदमा लडेका छन् । समाजसेवा त कसैको रहेछन् । केवल कमाउनु मै सिद्दान्त बनाइने हो भने नयाँ विहानीको उपहार के त ? राजनीतिको दोष असक्षम र लुटतन्त्रमा केन्द्रीत भयो ।

राष्ट्रिय स्वाभिमान र आत्म गौरवको भावना कसैमा छैन । सर्वाेच्च अदालत स्वार्थको राजनीति फैसला गर्छ । प्रधान न्यायधिसले सम्धी डा. तिकल रावल भिनाजु केपि ओलीलाई मन्त्री पदको माग शेर बहादुरसँग खोज्नु भनेको न्यायीक स्वतन्त्र मान्न सकिदैन ।


सम्बन्धित समाचार