Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कोभिडको महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त(तत्वहरूको उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्नरगराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै मैतीदेवी परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समिति र मरू सिँह सतमरू टोलमा नेपाल स्वयंसेवी रक्तदाता समाज कमनपा २० वडा नगर समितिको बिशेष सहयोग र संयोजनमा स्थानीय युवा स्पोर्टस् क्लबद्वारा नियमित रक्तदान स्वस्थ हुनुको परिणामू मूल नाराका साथ ५५औं राष्ट्रिय रक्त सञ्चार सेवा दिवसको उपलक्ष्यमा बिशेष रक्तदान कार्यक्रम स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा मनाएका छन् ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण गरि उद्घाटन गरिएको बिशेष रक्तदान कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज ३० वडा नगर समितिका अध्यक्ष श्याम मुनिकारको सभापतित्वमा सम्पन्न भएको थियो । सो रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि ५६ जनाले रक्तदान गर्नुभएको थियो । स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रशंसा(पत्र बितरण गर्नुभएको थियो ।
त्यसैगरी यूवा स्पोर्टस् क्लबका अध्यक्ष महेन्द्र रत्न शाक्यको सभापतित्वमा मरू सतस्मा आयोजित रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा मनिता राजकर्णिकार,का।म।न।पा। २३ का अध्यक्ष मचाराजा महर्जन,महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख,प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्ल र नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितको बिश्ष उपस्थिति रहेको सो बिशेष रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र बिशेष अतिथि नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा बिभागकी निर्देशक डा। मनिता राजकर्णिकारले संयुक्तरूपमा प्रशंसा(पत्र बितरण गर्नुभएको थियो । सो कार्यक्रममा ५५औ राष्ट्रिय रक्त सञ्चारर सेवा दिवसलाई सम्मान स्वरूप ५५ जना स्वयंसेवी रक्तदाताहरूले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल