Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रमा सिधिदै गएपछि कार्यकर्ता खोज्न गाउ छिर्दै माओबादी

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै नेपाल समूह सरकारमा नआउने र एमालेतिर जाने विश्लेषण सुनाए । बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठक ३० गतेलाई सारेको छ र, ६,७४३ वटै वडामा कमिटी गठन गर्न निर्देशन दिएको छ
बैठकपछि नेता नारायणकाजी श्रेष्ठ प्रकाशले सञ्चारकर्मीहरुसँग भने, ‘साउन ३० गतेभित्र देशभरिका सबै वडा कमिटीहरु गठन गर्न र त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिई आउन निर्देशन दिने निर्णय गरेको छ ।’तदर्थवादमा चलेको माओवादीसर्वोच्च अदालतले २३ फागुन २०७७ मा पार्टी एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको थियो ।
तर माओवादी केन्द्र पुनर्स्थापित भएपछि पनि नेताहरुले संगठन निमार्णमा चासो दिएनन् । केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन खेलमा लागे । एक केन्द्रीय सदस्य भन्छन्, ‘नेताहरुमा संगठनबाट भन्दा राजनीतिक गेमबाट शक्ति आर्जन हुन्छ भन्ने भ्रम रह्यो । माओवादी ‘एक व्यक्तिको शासन’मा चलेको छ, संगठनात्मक अभ्यास पनि युद्धकालीन नै छ । १२ बुँदे सहमति र बृहत शान्ति सम्झौता गर्दै माओवादी खुला राजनीतिक जीवनका डेढ दशक समय बिताइसकेको छ । १५ वर्ष पार्टीको संरचना व्यवस्थित गर्न छोटो समय होइन ।
त्यही कारण पार्टी ब्यूँतिएको झण्डै ५ महिनामा माओवादी तदर्थवादमा चल्दै आएको छ । हिजो नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटीमा रहेका र हाल माओवादीतिर लागेका नेताहरुलाई केन्द्रीय कमिटी भनियो । स्थायी कमिटी त्यसरी नै भयो । नेकपामा पोलिटब्यूरो नबनेकाले माओवादीमा पनि छैन ।
माओवादी केन्द्रले प्रदेश, जिल्ला र त्यसभन्दा तलका कमिटीहरु पनि पुनर्गठन गरेको छैन । नेकपामा प्रदेश र जिल्ला कमिटीहरु बनाउँदा अध्यक्ष पूर्व एमालेबाट भए माओवादीबाट सचिव तथा पूर्व माओवादीबाट अध्यक्ष भए पूर्व एमालेबाट सचिव राखिएको थियो ।
इन्चार्ज र सहइन्चार्ज पनि त्यसरी नै तोकिएको थियो । माओवादी ब्यूँतिएपछि कुनै पनि कमिटी पुनर्गठन गरिएको छैन । साबिकको नेकपाको कमिटीमा भएका र हाल माओवादी केन्द्रमा रहेका नेताहरु बसेर काम चलाइएको छ । वडा र सेल कमिटी नेकपाले नै बनाएन । कतिपय ठाउँमा वडा अध्यक्ष र सचिवसम्म तोकेपनि महानगरमा जिल्लाले हेर्ने कि प्रदेशले भन्ने विवादका कारण त्यो पनि हुन भएको थिएन ।
२३ फागुनमा माओवादी केन्द्र पुनर्स्थापित भएपछि यो अवस्थामा खासै भिन्नता आएको छैन । जबकी पार्टीमा सेल, वडा, गाउँ तथा नगर, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश कमिटी हुनुपर्छ । केन्द्रमा पनि स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी हुनुपर्ने हो । तर अहिलेसम्म पार्टीसँग कुन कुन कमिटी पुनर्गठन भयो भन्ने विवरण समेत नभएको कार्यालय सचिव श्रीराम ढकाल बताउँछन् ।