Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज संसदका दुवै सदनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदका दुवै सदनलाई मा सम्बोधन गर्ने भएका छन् । सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिनुका साथै संविधान कार्यान्वयनको सवालमा सबै दलहरुलाई आग्रह गर्ने सचिवालय स्रोतले जनाएको छ ।
आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसपछि राष्ट्रिय सभाको बैठक बस्नेछ । यी दुवै बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन । भदौ १ गत प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुको प्रश्नको उत्तर दिएका थिए । त्यसयता भदौ ४ गते संविधान दिवसको मुल समारोह समितिलाई सम्बोधन गर्दै लोकतन्त्र खतरामा रहेको बताएका थिए । त्यसपछि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका ओली २७ दिनपछि बुधबार एक साथ दुईवटा कार्यक्रममा सहभागी भएका हुन । प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने भएपछि आज विहान बस्ने भनिएको सचिवालय बैठक स्थागित भएको छ भने नेकपाका अर्का अध्यक्ष प्रचण्ड दाँतको विरामी रहेका छन् ।


सम्बन्धित समाचार