Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद डा विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेकपा एमाले फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको आरोप लगाएकी छिन् । आइतबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषदमा समावेश गरौंला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको दावी गरिन् । उनले भनिन्, ‘सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मेरो सरकार टिकाउन मन्त्रिपरिषदमा ज्वाइन गराउँला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुर जी कमजोर हुनु भो भनेर होइन्, चिन्ता फेरी संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ ।’
सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरिन् । उनले केपी ओली नेतृत्वको सरकारलाई अप्ठ्यारोमा पार्न पनि त्यस्तै खालको राजनीतिक संयन्त्रको मागले भएको दावी गर्दै उनले अहिले पनि सरकारलाई कमजोर बनाउन सो प्रयास गरिएको उल्लेख गर्दैै त्यसको बन्धक नबन्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइन् । सांसद राईले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बिस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको प्रतिक्रिया समेत गरिन् ।
सांसद पौडेलले प्रधानमन्त्री देउवालाई पटक पटक संसदप्रति जवाफदेही बन्न तर राजनीतिक संयन्त्रको बन्धन नबन्न आग्रह गरिन् ।
२०८३ असार १
ताजा नेपाल
२०८३ असार १
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल