Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा सरकार पनि ओली कै बाटोमा

काठमाण्डौ । सत्ता अहंकार र घमण्डले बहुमतको अवस्था गुमाएर अध्यादेशमा रमाएको ओली सरकारकै बाटोमा देउवा सरकार पनि हिड्ने भएको छ । देशका आन्तरिक समस्यासँग केन्द्रीत दर्जनौ बिधएकहरु संसद सचिवालयमा थुप्रिएका छन् । तर प्रधानमन्त्री शेर बहादुर देउवा र सत्ता गठबन्धनलाई ती विधयकहरुका बारेमा चासो छैन । संसद चलिरहेको समयमा अध्यादेश ल्याउन पाइदैन । अध्यादेश बिना एमालेको विद्रोही पक्ष नयाँ पार्टीका रुपमा आउन सक्दैन । वर्तमान सरकारले पूर्णता पाउन नसकिरहेको बेला दलहरु आन्तरिक खिचतानीमा केन्द्रीत छन् । यहि बेला सरकारले संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना भएपछि पनि सरकारले संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । बिजनेश नहुँदा प्रतिनिधिसभा प्रभावकारी हुन सकेको गुनासो सांसदहरुले नै गर्दै आएका छन् । सरकार संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतको भनाइ छ ।