Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सुन्य समयमा रङ्गमतिको गर्जन् !

काठमाण्डौ । संसदको अधिवेशन अन्त्य हुने दिन संघिय संसद बैठकको रौनक छुट्टै देखियो । काँग्रेसकी सांसद रङ्गमती शाहीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुन्धुकारी संज्ञा दिन पुगिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको शून्य समयमा उनले भागवत पुराणमा उल्लेखित पात्र धुन्धुकारी जस्तै पूर्व प्रधानमन्त्री ओली कलियुगको धुन्धुकारी भएको टिप्पणी गरिन् । दुई तिहाई पाएका पूर्व प्रधानमन्त्री कलियुगको धुन्धुकारी नै हुनुभयो ।

जसले आफ्नो पार्टी र संसद दुवैतिर धुन्धुकारीको भूमिका निर्वाह गर्नुभयो उनले भनिन् अब गोकर्णको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाको अवतरण भएको छ । उनले ओली सरकारका पालामा भएका अनियमिततालाई उदाहरणका रुपमा लिँदै भनिन्, ‘यो सरकारले नयाँ नक्सा छापिएको पुस्तकको वितरण रोक्दैन, सांसदलाई सिंहदरबार र पार्टी कार्यालय कुन हो भन्ने छुट्याउन नसक्नेगरी बालुवाटारबाट शासन गर्दैन, ललिता निवास, यति, ओम्नी र ७० करोड भिडियो प्रकरण, वाइडबडीमा भएको भ्रष्टाचारको आफै अख्तियारको प्रमुख भएर जवाफ दिँदैन ।

उनले अगाडि भनिन्, ढुक्क हुनुस् आफूलाई निन्द्रा नलागे राष्ट्रपतिज्यूलाई रातभर जाग्राम राख्दैन, सत्ता जोगाउन पशुपतिमा जलहरी चढाउँदैन, सांसदको अपहरण पनि गर्दैन, कात्रोमा पनि कमिशन खाँदैन, खानेलाई पनि बचाउँदैन । सकेसम्म आफ्नो निजी सम्पत्ति सरकारलाई दिने घोषणा गर्दछ भनेपछि प्रमुख विपक्षी दलका सांसदहरु सुनेर बसिरहे ।