Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज शीर्ष नेताको बैठक, दलविभानको खाका कोरिँदै, नेत्रविक्रमको पार्टी फुट्दै

काठमाडौं । संसदीय दलतिर कमजोर देखिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई सजिलो पार्न सरकारले केन्द्रीय समितिको ४० प्रतिशत संख्याले दल विभाजन गर्न पाउने गरी अध्यादेशको यतारी हुँदै गर्दा माधवका पक्षमा खुलेर आउने अनुधार थपिनेक्रम जारी छ । यो अभियानमा हिजो वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न दिल्ली पुगेका सुरेन्द्र पाण्डे र भीम आचार्य पनि जोडिन बाँकी छ ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य बढीभन्दा बढी तान्ने अभियान चलाएको छ । उक्त पक्षका माधवकुमार नेपाल र बामदेव गौतम स्वयं सक्रिय भई अभियान चलाएका हुन् । माधव नेपाल पक्षमा नवौं महाधिवेशनबाट निर्वाचित २०३ मध्ये ८० जना खुलेरै लागिसकेका छन् भने नयाँ थपिनेक्रम जारी रहेको एक नेताले बताएका छन् । संघीयता र लोकतन्त्रको सुदृढिकरणका लागि दलहरु विभाजन हुनु राम्रो होइन । साना दलहरु जुट्नु र फुट्नुको अर्थ छैन । आजै नेक्रविक्रम चन्दको नेकपाका ११ जना सदस्यहरुले चन्दसँग विद्रोह गरी छुट्टै पार्टी गठन गर्ने तयारी गरिरहेका छन् । उनीहरुको यो तयारीलाई राजनीतिक वृत्तमा त्यति महत्व दिइएको छैन तर मधेशवादी दल दल जसपा समेत विभाजन हुने स्थिति सिर्जना हुनु भनेको सांसद किनबेच गरेर सत्ता टिकाउने विगतको संस्कृतिको पुनरावलोकन हो भन्ने आम धारणा छ ।
७० जना माधव पक्षमा अडिग बसेका केन्द्रीय सदस्य रहेको र बाँकी ५० जनासँग कुराकानी गरी पक्षमा पार्ने प्रयास चल्दै आएको थियो । ८३ जना ओली पक्षबाट टसमस नहुने खालकासँग नेपाल पक्षले सम्पर्क बनाएको छैन । माधव नेपाल पक्षले कम्तिमा ७० देखि ९० सम्म केन्द्रीय सदस्य संख्या बनाउने लक्ष्य राखेको छ । यसैगरी, माधव नेपाल पक्षको केन्द्रीय सदस्यको संख्याका आधारमा अध्यादेश आउने भएको छ । २५ वा ३० प्रतिशत केन्द्रीय समितिमा प्रतिशत बनाए पार्टी विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउन खोजिएको छ । दल विभाजनसम्बन्धी आन्तरिक छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल र उपेन्द्र यादवलाई बालुवाटारमा बोलाएका छन् ।