Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफगानिस्तानबाट काबुल जाँदै गरेको हवाइजहाजभित्र !

काठमाण्डौ । अफगानिस्तानको स्थिति हरेक परिवर्तित मिनेटसँगै खस्कँदो अवस्थामा छ । पूरा देशमा अब तालिबानको राज छ र अमेरिकाले आफ्नो सेनालाई फिर्ता बोलाउने निर्णयलाई सही बताइरहेको छ । अफगानिस्तानका सर्वसाधारण आफ्नो ज्यान बचाउनका लागि विकल्प खोजिरहेका छन् ।

यसैबीच एक तस्बिर सार्वजनिक भएको छ जसमा अफगानिस्तानमा बस्ने मानिसहरुले आफ्नो ज्यान कसरी बचाएर त्यहाँबाट बाहिर निस्किरहेका छन् । पत्रकार इयान ब्रीमरले आफ्नो ट्वीटर अकाउन्टमा अमेरिकी विमानभित्रको तस्बिर साझा गरेका छन् । यो विमानभित्र सयौं मानिसहरु बसिरहेका छन् जो अफगानिस्तानबाट निस्किएर कुनै सुरक्षित स्थानमा लगिँदैछन् । तर काबुलमा जस्तो स्थिति छ, त्यो हिसाबले मानिसहरु जतिसुकै दुःख कष्ट सहेर पनि देश छोड्न चाहन्छन् ।

सयौं मानिसहरुको अनुहारमा पीडा र त्रास देखिएको छ । अघिल्लो दिन पनि अफगानिस्तानबाट यस्ता थुप्रै तस्बिर, भिडियो सार्वजनिक भएका थिए जुन हैरान बनाइदिने खालका थिए । काबुल विमानस्थलमा हज्जारौंको भीड जुटेको थियो र मानिसहरु कुनै पनि हालतमा त्यहाँबाट बाहिर चाहन्थे ।