Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिक्रियावादीहरुको साँठगाँठ भन्दै ओलीले दिए चेतावनी

काठमाडौं । विधि र विधानका कुरा गर्ने संसद छलेर अध्यादेशले देश चलाएको आरोप लगाएर सत्ताबाट केपी शर्मा ओर्ला हटाएको वर्तमान गठबन्धनले ओलीकै शैलीमा त्यो पनि संसद हतार हतार बन्द गरेर अध्यादेशमार्फत् देश चलाउने अभियान थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टी फुटाउन खोजेको भन्दै कडा चेतावनी दिएका छन् । उनले आज नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा बोल्दै देउवालाई ठूलो मूल्य चुकाउन तयार हुन चेतावनी दिए । नेकपा एमाले टुक्राउने चाँजोपाँजो भएको छ, ओलीले चेतावनी दिदै देउवातर्फ संकेत गर्दै भने, एमाले फुटाउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ । वर्तमान सरकारलाई ‘टालाटुली बटुली कति राम्री पुतली’ भन्दै व्यङ्ग्य गरेका ओलीले भने, यो कुनै सरकार होइन, प्रतिक्रियावादीहरुको साँठगाँठ हो । ओलीले एमाले फुटाउने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्नुपर्ने र फिर्ता नगरे जारी गर्न नहुने समेत बताए ।