Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफगानिस्तानका राजा जाहिर शाह र नेपालका ज्ञानेन्द्र शाह

  • अर्जुन ज्ञवाली

बाहिर हेर्दा अमेरिकासँग सङ्घर्ष गरेजस्तो देखिए पनि भित्रि रुपमा अमेरिकाकै सहयोगमा तालिवानहरूले पुन अफगानिस्तान कब्जा गरेका छन् । नेपालमा जसरी विगतमा भारतीयविस्तारवाद र एकाधिकार पूँजीबादको नारा दिने मोहनबिक्रम सिंह, पुष्पलाल, प्रचण्ड, बाबुरामहरूलाई भारतीय गुप्तचर संस्था रअले संरक्षण गरेको थियो त्यसैगरी अफगानिस्तानमा एकातर्फ तालिवानलाई अमेरिकाले आतङ्ककारी घोषणा गरेको थियो भने अर्काे तर्फ हतियार र तालिम दिएर सिआइएले परिचालन गरेको थियो । नेपालमा एकातर्फ माओवादीलाई रअले चक्रटामा तालिम दिएको थियो भने अर्काे तर्फ आतङ्ककारी घोषणा गर्दै दिल्लीमा संरक्षण गरेको थियो । यहाँसम्म कि १० वर्षको माओवादी हिंसामा पाँच वर्ष भारतमा हिन्दू नारा दिने आरएसएस र भाजपाको सरकार थियो । अटल बिहारी वाजपेयी भारतका प्रधानमन्त्री थिए । तर हल्ला माओवादीलाई काँग्रेस आइले संरक्षण गरेको भन्ने एकातर्फ थियो भने अर्काेतर्फ भाजपा नेता लालकृष्ण आडवाणिले पशुपतिदेखि तिरुपतिसम्म ‘रेड कोरिडर’ भन्दै चीनले चलाएको भनेर प्रपोगाण्ड गरेका थिए । जसरी तालिवानलाई अमेरिका र सिआइले संरक्षण गरेको थियो । त्यसैगरि कथित माओवादी आतङ्ककारीलाई यूरो–अमेरिकी रणनीतिमा भाजपा तथा रअ त्यो मिसनसँग जोडिएको नेपालको सेनाभित्रको एउटा गिरोहले संरक्षण गरेको थियो । दरबार हत्याकाण्ड हुँदा जसरी रअका प्रमुख पिके हर्मिज थाराकन नेपाली सेनाका सहसेनानी दिलिपशमसेर जबराको विशालनगरस्थित घरमा बसेर काम गरेका थिए । त्यसैगरि दिल्लीको लोदी रोडको रअको हेडक्वाटरमा बसेर डा. बाबुराम भट्टराईले नयाँ कोतपर्वलाई मान्यता दिनुहँुदैन भनेर लेख लेखेर पठाएका थिए भने रअकै मेसिनरी कान्तिपुर प्रकासित गर्न तयारी अवस्थामा थियो र त्यतिबेला सम्पादक थिए युवराज घिमिरे ।
केहि समयपूर्व अफगानिस्तानमा पूर्व राष्ट्रपति हमिद कारजाइले आफ्नो लामो अन्र्तवार्तामा भनेका छन्, अमेरिकी गुप्तचर सिआइएका अधिकारी र तलिवानी नेताहरू दुवइमा बसेर वार्तालाप गर्ने यता अफगानिस्तानमा लडाउने ? भनेर आपत्ती प्रकट गरेका थिए । तत्पश्चात हमिद कारजाइलाई सत्ताबाट विस्थापित गराएर असरफ घानीलाई सत्तामा ल्याईयो । पूर्व राजा ज्ञानेन्द्रले बङ्गलादेशमा भएको सार्क सम्मेलनमा आतङ्कवाद जुनसुकै रुप र रङ्गमा भए पनि आतङ्कवादनै हो । त्यसको कुनै जात र धर्म हुँदैन भनेर भारतले माओवादी आतङ्ककारीलाई संरक्षण गरेको संकेत गरेपछि यूरो–अमेरिकी रणनीतिमा नेपालमा राजतन्त्र विरुद्ध आफैंले आतङ्ककारी घोषणा गरेको माओवादी र सात दलबीच दिल्लीमा रअले १२ बुँदे सम्झौता गरायो । पेन्सिलले ड्राफ्ट गरेर रअले पठाइदिएको १२ बुँदे सम्झौतामा हस्ताक्षर गरेको कुरा नारायणमान बिजुक्क्षेले खुलासा गरिसकेका छन् ।
जब अफ्गानिस्तानबाट अमेरिकाले छोडेर जाने घोषणा तालिवानसँग सल्लाह गरेर गर्याे, अमेरिकी सैनिक क्याम्पलाई बाहिरबाट सुरक्षा दिएर बसेको अफगानी सेनालाई थाहै नदिई अमेरिकी सेनाले क्याम्प छोड्यो । क्याम्प छोड्दा आधा हतियार त्यही छोडिदियो । जुन हतियार बोकेर अहिले तालिवानीहरूले अफ्गानिस्तानको राजधानी काबुल कब्जा गर्न सफल भए । यसरी अमेरिका आफैँ धामी, र झाँक्रि बनेर खेलिरहेको छ ।
नेपालमा राजाले कदम चाल्दा सेनाले सब ठिक छ सरकार भने । जब युरो–अमेरिकी योजनामा भारतको सहयोगमा आन्दोलन अगाडि बढ्यो उक्त आन्दोलन नचर्कंदासम्म कमल थापा तत्कालीन सेनापति प्यारजङ्ग थापाहरू ठिक छ नियन्त्रणमा छ सरकार भन्दै अल्मलाइरहे र अन्त्यमा जब आन्दोलन उत्कर्षमा पुग्यो सकिँदैन भन्ने जवाफ सेनाले दियो । जसरी कम्बोडियामा राजा नरोद्दम सिंहानुकलाई हटाउन लोन नोलले नेतृत्व गरेको सेना सिआइएको योजनामा तयार थियो त्यसैगरि राजा विरेन्द्रको हत्या गरेको राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्थ सेनामा सिमित कथित नेपाली सेना नेपालमा राजा हटाउन तयार भयो ।
सन् १९६० को दशकसम्म अफगानिस्तान शान्त र सम्मुन्नत मूलुक थियो । अमेरिकी योजनामा दरबारी भारदार राजा जाहिर शाहका ज्वाइँ दाउदलाई प्रयोग गरेर सेनाको सहयोगमा जाहिर शाहलाई विस्थापन गरियो । सिआइएको योजनामा स्थापित दाउदको सत्ता विस्थापन गर्न तत्कालीन सोभियत संघले सैन्य हस्तक्षेप ग¥यो । डेढ लाख रुसी सेनाको सहयोगमा बाबरा कर्मालको कम्युनिष्ट सत्ता आयो । रुस नियन्त्रित सत्ता विस्थापन गर्न सिआइएले तालिवान खडा गरे । नेपालका माओवादीले दाङको संस्कृत विश्व विद्यालयमा रहेको ४५० वर्ष पूरानो हस्त लिखित संस्कृत ग्रन्थ जलाए जस्तै तालिवानले १८०० वर्ष पूरानो बामियानमा रहेको बुद्ध मुर्ती तोडे । चीन र रुसलाई लक्षित गरेर आफ्नै सेना राख्ने योजना अनुरुप अमेरिकाले तालिवान विस्थापन गर्याे र अमेरिकन नागरिक कार्जाइलाई राष्ट्रपति बनायो ।

जाहिर शाह र ज्ञानेन्द्र शाहको समानता
तालिवानको विस्थापन पछि अमेरिकाले जाहिर शाहलाई राजा हुन भन्यो । अफ्गानिस्थानका पूर्व राजा जाहिर शाहले सिआइएको त्यो प्रस्ताव अश्विकार गरे । नेपालमा राजा ज्ञानेन्द्रलाई सिआइए र रअको एजेण्ट बनिसकेका तत्कालीन सेनापति रुकमाङ्गद कटवालले बेबि किङको प्रस्ताव पठाए भने रअका एजेण्ट बनिसकेका बाबुराम मार्फत् सांस्कृतिक राजाको एजेण्डा फाले । जसलाई पूर्व राजा ज्ञानेन्द्रले अस्विकार मात्र गरेनन् आफू मातृभूमि छोडेर नजाने घोषणा पनि गरे ।
यो अवस्था पछि जसरी अफगानिस्तानमा राजा जाहिर शाहको राजपरिवार भित्रै ज्वाइँ दाउदले सत्ता लिएपछि राजा जाहिर शाह देश छोड्न बाध्य भए । सिआइए र रअद्वारा पालित पोषित राजा ज्ञानेन्द्रका पूर्व र वर्तमान सचिवहरू भारदारहरू, मण्डलेहरू, अमेरिकनले पालेका सेनाका पूर्व सेनापति जनरलहरू राजा ज्ञानेन्द्रलाई दलाइ लामा जस्तै बनाउन क्रियाशील छन् । आरएसएससँग जोडिएर हिन्दू राजा र राजतन्त्रका कुरा गर्नेहरू ज्ञानेन्द्रलाई दलाइ लामा बनाउने अफगानि सस्करणका नयाँ दाउदहरू हुन् भने माओवादी भनेको सिआइएका तालिवान जस्तै हुन् । जसरी जाहिर शाहले राजा हुन नमानेर बुद्धि पु¥याएको थिए भन्ने कुरा तालिवानद्वारा अफगानिस्तान कब्जा गराउने अमेरिकी योजनाले प्रमाणित गरायो । त्यसैगरि राजा ज्ञानेन्द्रले बेबि किङ र सांस्कृतिक राजा अस्विकार गरेको र गर्दै आएको दुर्गामी निर्णयको परिणाम हामीले देखिरहेका छौ र अझै देख्ने छौ ।