Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कटुवा पेस्तोल सहित पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-५ मेजरगंज बस्ने ३० वर्षीय राजेश महतोलाई कटुवा पेस्तोल १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित सडकमा लालबन्दीतर्फ आउँदै गरेको बिआर ०६ एजे ०८०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक महतोले मोटरसाइकल छोडी धान खेतमा हामफाली फरार भएको र उनले कम्मरमा भिरेको पानी बर्षादी फेलापारी तलासी गर्दा उक्त पेस्तोल बरामद भएको थियो । फरार भएका महतोलाई लालबन्दी नगरपालिका(७ बजारबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै सोही कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निज महतोसँगै आएका ना.६ प २३९२ नम्बरका मोटरसाइकल चालक लालबन्दी नगरपालिका-५ मेजरगंज ४० वर्षीय सोनालाल ठाकुर समेतलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।