Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

६ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।
बैठकमा नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयलाई टुंगो लगाउने गरी छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन र आसन्न राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयमा छलफल शुरु भएको थियो ।