Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी भाजपा का विदेश विभाग प्रमुख डा।विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए ।
भेटका क्रममा चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताएका थिए । उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य नै राजनीतिक दलहरूसँग सम्बन्ध सुमधुर बनाउनु रहेको कुरा राखेका बालकोट स्रोतले जनाएको छ ।
त्यसको जवाफमा एमाले अध्यक्ष अोलीले आफूले सरकारको नेतृत्व गरेको बेला भारत सरकार र सो सरकारलाई समर्थन गरेको दल भाजपाको राम्रो सहयोग रहेको उल्लेख गर्दै त्यसका लागि आफूले धन्यवाद दिन चाहेको धारणा राखेका थिए । आफूले भाजपा र एमालेबीच राम्रो सम्बन्ध कायम रहोस् भनि चाहेको धारणा पनि राखेको बताइएको छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल