Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर

काठमाडौँ । नारायणकाजी श्रेष्ठको घुर्कीपछि नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महराले पाएका छन् । माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।