Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेस्सी अर्को साता मैदान छिर्ने

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनमा आबद्ध भएपनि स्टार खेलाडी लियोनेलमेस्सीले अहिलेसम्म यस क्लबबाट खेलेका छैनन् । यहीबीच पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आगामी साता रेइम्सविरुद्ध हुने लिग वान खेलमार्फत मेस्सीले डेब्यु गर्नसक्ने संकेत गरेका छन् ।
‘यो साता मेस्सीका लागि निकै राम्रो रह्यो । र, मलाई आशा छ सबै राम्ररी अघि बढ्यो भने अर्को साता उनी प्रतिस्पर्धात्मक शैलीमा टिमको हिस्सा हुनेछन् ।’
मेस्सीले पिएसजीको टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाएका कारण सुरुवाती तीन खेलमा उनलाई मैदान उतारिएन । यी तीनवटै खेलमा पिएसजी विजयी भइसकेको छ । नेइमार पनि यी खेलमा सहभागी थिएनन् ।
विगत २१ वर्षसम्म बार्सिलोनाबाट खेलेका मेस्सीले १७ वर्ष सिनियर टोलीबाट खेलेका थिए । उनले यसक्रममा चारपटक च्याम्पियन्स लिग तथा १० पटक स्पेनिस ला–लिगा जिते । ६ पटकका बेलोन डि’ अर विजेता मेस्सी यसै सिजन बार्सिलोनासँगको सम्झौता सकिएपछि पिएसजीमा आबद्ध भएका हुन् ।