Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आखिर नेकपा एमाले विभाजन भएको छ । अध्यादेशको बाटो खोलेर तत्कालीन संघिय समाजवादी फोरम फुटाउन सकृय एमालेको ओली पक्षको पार्टी विभाजन गर्ने रहर पूरा भएको छ । तत्कालीन प्रमको नाताले केपि ओलीले गरेका कतिपय निर्णय विवाद रहित भएन । नेकपाको हैकम देखाएर अन्यदल टुक्र्याउन खोज्दा त्यसको असर आफैमा परे पनि ओलीलाई कुनै चिन्ता भएन । उनको गुटमा लागेर नीतिगत भ्रष्टाचार गरेर कुम्ल्याएकाहरुलाई यो विभाजनले छोएको छैन । पैसा छदैछ चुनावमा पैसाको खोलो बगाउन ओली पक्षले सक्छ । ओली पार्टी एकताको पक्षधर भएनन् ।
एमाले सामुहिकतामा चल्ने पार्टी भएन । ओली अध्यक्ष भएपछि एमालेले विगतको सामुहिकतामा ख्याल गरेन । एकलौटी शासक बनेका ओलीले नेतृत्व गरेका सरकार एतिहासिक भ्रष्टाचारमा स्थापित भएको कुरा महालेखाको वार्षिक प्रतिवेदनले देखायो । कानूनभन्दा सत्ता हस्तक्षेप नै ओलीको बहादुरी भयो । ओलीको निरंकुश व्यवहारको शुरुमा विरोध गर्ने भिम रावल, घनश्याम भूषाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भिम आचार्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईहरु माधवका विरुद्ध उभिएर चरित्रमै दाग लगाउन सफल भएका छन् ।
ओली काल एमाले भित्रकै नेताका लागि कालजयी हो । जहाँ कानूनको ख्याल भएन । गुटबन्दीलाई बढुवा दिइयो कुनै नियुक्तिमा दलीय छलफल भएन । ओलीको भजन गाएर राजनीति फाईदा लिएकाहरुलाई पछुतो छैन । पार्टी विभाजन होस् वा गठबन्धन व्यक्तिगत स्वार्थ केन्द्रीत चरित्रहरु नै ओलीका विश्वास प्राप्त भएका छन् । विभाजनलाई राम्रो मानिदैन । नेकपाका कुनै गुट वा समूह सैद्दान्तीक र नीतिका विषयमा गम्भीर छैनन् । स्वार्थ पदको हुन्छ गुटको आधारमा फाइदा वाँडीचुडी गरिन्छ । कार्यकर्ता भन्दा गुट र नातावादमा रमाउने नेकपाका नेताहरुमा जकडिएको समस्या हो । सिद्दान्त र नीतिको झगडा नेकपामा भएन । नेपालका कम्युनिष्टहरु आफ्नो उद्देश्य लक्ष लिखितमा सुन्दर बनाउछन् व्यवहारमा लुटाहा भ्रष्ट गुटबन्दीमा केन्द्रीत भएका छन् भन्ने कुरा नेकपाको सरकार र ओलीको नेतृत्वले प्रष्ट बनायो ।
पार्टी विभाजनको आधिकारीता पाउने दिन आज भदौ ९ गतेको स्थिति हेरेर १० गते एमाले संस्थापनले केन्द्रीय समितिको बैठक राख्नु पनि माधव पक्ष अब एमाले मै फर्किदैन भन्ने पूर्व अनुमान हुन सक्छ । विभाजीत पार्टीको भदौ १६ बाट २० सम्म जनवर्गीय संगठनहरुको भेला गर्ने ओली पक्षले गरेको निर्णयबाट मंसीरमा महाधिवेशन गर्ने घोषणा प्रति राजनीति चासो छैन । किनकी ठूला पार्टी फुटाउने बहुमतको सरकार ध्वस्त पार्ने काम केपी ओलीका व्यवहार र गुटबादी चरित्र नै दाषी हुन् । बागमति प्रदेश र प्रदेश १ मा माधव पक्षलाई मुख्यमन्त्री पहिले दिएको भए माधव पक्ष यसरी विभाजीत हुने थिएन । ओलीले पार्टीको नाममा संघिय सरकार र प्रदेश तिर मात्र होइन कुटनैतिक क्षेत्रतिर समेत एकलौटी चलाएका बेला यस्तो नगरौ भन्न नसक्ने सुभाष नेवाङ्ग, इश्वर पोख्रेल, विष्णु पौडेलहरुले एमाले एकताको रोइलो दर्शाउनु केबल नाटक मात्र हो । ओली सत्ताका भ्रष्टाचार विचौलिया कारण र माफीया करणमा उनीहरु सहभागी थिए ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल