Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपन्यासको फाँटमा भित्रिएको मिनी नेपाल – राम सञ्जेल

पुस्तक समीक्षा

साधना रआराधनार अध्यायनर मनन् र चिन्तन गर्नु भन्दा पनि वर्तमानमा कोरा मनबाट जस्तो जुर्याे त्यसैलाई समेटेर पुस्तक प्रकाशित गर्ने हतारमा नयाँ लेखकहरु लागेको देखिन्छ । धेरै अध्यापन गर्ने र थोरै सशक्त लेख्ने बानी आजका लेखकहरुमा छैन । यतिबेला सस्तो लोकप्रियता सप्रँदो छ । राजनीतिका घिनलाग्दा बाछिटाहरुले गर्दा प्रतिभाशाली स्रस्टाहरु ओझेलमा परेका छन् । सोर्शफोर्श भनसुन बिना पुरस्कार, मान सम्मान पाउनु भनेको आकाशको फूल भएको छ । राजनीतिले लतपतिएको पेटिकोटको विम्बप्रतिबिम्ब भएपछि हुँदै नुहने कुरा पनि जायज हुन्छ । सायद प्रजातान्त्रिक, लोकतान्त्रिक अभ्यास भनेको यही होला ? यस्तै राजनीति संस्कार, जातभात, थिचोमिचो, अत्याचार, अन्याय दुराचार, पदप्रतिष्ठा, तृष्णा, विस्तृष्णा, प्रेम, यौन, यौवन, व्यापार, व्यवशाय, जागिर, पहाड, गाउँ, अर्थात नेपाल । नेपाल भित्रको एउटा गाँउ लह गाउँ……।

लह गाँउबाट सुरु हुन्छ मिनी नेपाल उपन्यास ( मिनीनेपाल (उपन्यास) मनोहरि मिठामुखेद्वारा लिखित प्रस्तुत उपन्यास राष्ट्रको नाममा समर्पण गरिएको छ । कुनै बेला पृथ्वीनारायण शाहसमेत लह गाँउमा आएको र उपत्यका कब्जा गर्न विराज वखतीसँग सम्पर्क गरि उनैको नेतृत्वमा सैनिक टुकडी बसेको कुराबाट उपन्यास सुरु हुन्छ । उपन्यासमा विराज र महाराजका कुरा छन् । काले दमाई, गोपी दमाईका कुरा पनि छन् । गाँउमा पुरेतलाई बाजा गाँजा समेत बजाएर सिन्धुर जात्रा गरि भित्र्याइएको विषय पनि छ । हिन्दू धर्ममा ब्राहमणको महत्व यो उपन्यासले झल्काएको छ । गाँउलेहरु जम्मा भएको छ । काले दमाई सहना बजाइरहेको छ । गोपी ट्याम्को बजाइरहेको छ । गाँउलेहरु जयजयकार गरिरहेका छन् । पुष्पविस्ती गर्नेहरु पनि छन् । सर्वत पानी बाड्ने पनि छन् । धरणीधर दाहालको गृह प्रवेश धुमधाम सित हुदैछ । लह गाँउमा कर्मकाण्ड गर्ने ब्राहमण नहुँदा भएको अप्ठ्यारो अब धरणीधर दाहालबाट समाधान हुनेछ । श्राद् तथा कर्मकाण्ड गर्न गाँउलेहरुलाई सजिलो हुने कुरा उपन्यासले दर्साएको छ । ब्रामहणको आगमनसँगै गाँउमा आउने कर्मकाण्ड सहज हुनु नेपाली जनमानसका लागि खुसीको विषय बन्दछ । यहाँ राम्री दिदीको कुरा पनि छ । जो कलकट्टा बस्छिन् । उनी वैशाख जेठ तिर नेपालको डाँडाकाडा घुम्न आउँछिन् । त्यही बेला उनले जस्तापाता ल्याएर शौचालय निर्माण गर्ने अभियान चलाउछिन् ।

देवि नायिकाको कथा यो उपन्यासमा बेग्लै छ । बैशको भेल श्रीमानले वास्ता नगर्ने नित्तान्त श्रीमान पढ्न मै व्यस्त ! देविको वैश र सानुभुति देखाउने गोपी उनको नजिक हुँदै जान्छ । माओवादीमा लागेकी ब्राहमणको पत्नी देवि र दमाई बाबु गोपी मिनि नेपालभित्रका प्रमुख नायक नायिका बनेका छन् । एकातिरको समाज रुढिबाढी संस्कार हटाउनु पनि छ । अर्काे तिर नबदलिएर गाँउ नै छाडेर भाग्नु पर्ने बाध्यता उपन्यासमा दुख, पिडा, हासो, आशु, कुण्ठा, विकृति, विसङ्गति, भाषाभाषी धनी गरिब सबै मिसमास गरिएको छ । मिनि नेपालको विषेशता यहि हो । देवि र गोपीको सम्बन्ध बड्दै जाँदा झोलाका किताब कापी कलमहरु बगरमा छरपस्ट भए तर गोपीले लड्न दिएन । देवि गोपीको अङ्गालोमा परि । गोपी नभएको भए देवि घाइते हुन्थी ।

यहाँ नेताको कुरो छ । राजा सवारी हुने कुरा पनि छ । उता सासु ओछ्यानमा थला परेकी छन् । देविले उनलाई उचाल्न सक्दिनन् । यहि मौकाको फाइदा उठाएर गोपी दमाइले धरणीधरको घरमा पुग्ने मेसो बनायो । देविकी सासुलाई उचाल्दा गोपीले मौकाको फाईदा लुटेको पनि उपन्यासमा झल्काइएको छ । उपन्यास यसैगरि बड्दै जान्छ । देविका श्रीमान् राजधानीमा बसेर पढ्थे । यसपालि गाँउ गएर बसे । त्यो समयमा देविको उनमुक्त वैशालुपनलाई उसले चिन्न सकेन । पुरेतको घरमा आइ लाग्ने कामको सहयोगी त्यही गोपी दमाई थियो । जोसँग देविको सम्बन्ध नजिकीदै आएको थियो । यो कुरो केही समयमा ससुरा धरणीधरको नजरमा पर्छ । उनीहरु भाग्छन् । विराटनगर पुगेर साप्कोटाको होटलमा बस्छन् । इश्वरी बाजेको घरमा कोठा पाउँछन् । गोपी र देविले पनि भोजानलय खोल्छन् । जुन भोजानलय ग्राहकको आक्रषणको केन्द्र बन्दछ । उपन्यासमा प्रशासनका हाकिम देवि र गोपीको होटलमा पुगेर खाजा खान खोज्छन् । ती हाकिम उनै लिलाधर थिए । उनी सिडिओ भएका थिए । हिजोका लिलाधर र सिडिओ भएका लिलाधर देखेर देवि छक्क परेको उपन्यासमा दर्शाइएको छ । उपन्यासको अन्त्य गोपी र देविको आत्महत्याबाट भएको छ । मिनीनेपाल भित्रको सम्पूर्ण कथा त्यही सकिन्छ । उपन्यासभित्र जन्मपछि मृत्यु अनिवार्य सर्त हो भन्ने कुरा झल्काइएको छ ।

कृतिको नाम : मिनी नेपाल
विधा : उपन्यास
लेखक : मनोहरि मिठामुखे
मुल्य : ५००


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल