Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सराप शिरोमणि एंव सर्वोकृष्ट भ्रष्टाचारी नेता एंव नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको एकाधिकार विरुद्ध जुटेका सांसद तथा नेताहरुलाई वैद्यता दिलाउने काम भएको छ । २७ प्रतिशत सांसद लिएर पार्टी विद्रोह गरेका माधव नेपालको नेकपा समाजवादीलाई साथ दिने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले भदौ २२ गते आफ्नो दल रोज्ने भएका छन् । माधव भन्छन् त्यो सिद्दान्त र विचारको लडाँइ हो । सत्ता स्वार्थको होइन । माधवलाई पार्टी फुटाउन उचाल्ने नेताहरु भिम रावल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यहरु आफ्नै ग्रह जिल्ला र प्रदेश तहमा पंगु हुन थालेका छन् ।
ओली सत्ताका नालायक अनुहारहरु घनश्याम भूषाल, योगेश भट्टराईहरु जिल्ला जान सकेका छैनन् । रघुजी पन्थको ठाँउ नै छैन । उनीहरु ओलीको लुट सिद्दान्तमा सहभागी भए विचार त्यहाँ छैन ? नेपालालाई पार्टी फुटाउन उकासेर ओलीतिर लागेका सुरेन्द्र पाण्डेलाई चितवनमा कालो झण्डा देखाइयो भने घनश्याम भूषाल र भिम रावललाई रुपन्देही र अछाममा कार्यकर्ताहरुले विरोध गर्ने भएका छन् । यो स्थिति लामो समयसम्म नेपालसँग बसेर अन्तिममा ओलीतिर टासिएका सूर्य छापहरुको उस्तै छ ।
भिम आचार्य मुख्यमन्त्री भएको महिना दिन पनि पदमा रहने अवस्था छैन । अष्टलक्ष्मी शाक्यको हालत पनि त्यस्तै छ । माओवादी त्यागेर ओलीको पछि लागेका रामबहादुर थापा, लेखराज भट्ट, टोप बहादुर रायमाझी, मणि थापा, प्रभू साहाको हालत उनीहरुले देखेनन् । विचार र सिद्दान्त होइन सुर्य चिन्हको मोहमा जकडिएका धोकेबाजहरुलाई केपि ओलीको जासुसी टीमले कसरी किनारा लगाउँछ त्यसको प्रमाण राम बहादुर थापाको हालतले देखाउँछ । केपि ओली भ्रष्टाचारका नाईके छुद्रता विज्ञ त भए भए सहयात्रीहरुलाई दलाल बनाउन सक्ने बादशाहा पनि भए ।
एमाले विचार बिहिन लुटाहाको पार्टी भएको कुरा ओली कालको ४१ महिने कार्यकालको बेरुजुले झन् छर्लङ्ग बनाएको छ । ओलीको टोली देशभरी लुटिरहेको अवस्थामा दल विभाजन भएको छ । ओली कै कारण नेकपा फुटाइयो । ओलीकै एकलौटी शासनमा दुई तिहाई गुम्यो । बहुमत गुमाउदा सम्म ओलीले लुट्न भने छाडेनन् । नीतिगत लुट ओली शासनको जबज हो । कमे्रेडबाट बा मा झरेका ओलीका हनुमानहरु इश्वर पोखे्रल, भानुभक्त ढकाल कोरोनाको उपचार पद्दतिमा कुम्लाएको तत्थ्य संसदको लेखा समितिले खोतल्यो ।
भाषण खाएर हुदैन, उडण्ते योजनाले विकास पाएन । उडण्टे भाषणमा रेल पानी जाहाजका सपना बजेट सक्ने योजना भए । महालेखाको प्रतिवेदनले ओली शासनको नाङ्गो रुप देखायो । तर पनि भ्रष्ट शिरोमणि ओलीलाई लाज छैन । उनको पछि लागेका धोकेबाजहरुलाई भाद्र २२ गते प्रदेश सांसद र स्थानीय जन प्रतिनिधिको दल रोजाइले ठूलै झड्का दिने छ । विचारमा लुटवाद व्यवहारमा चाकडीवाद संस्कारमा धनवाद संगतमा विचौलियावादमा जनताको बहुदलीय जनवादलाई कुदाउने ओलीको दर्शनलाई प्रयोग गर्ने अभियानमा लागेका घनश्याम भूषालको हालत लुम्बीनी प्रदेशमा शंकर पोख्रेलको अवस्था भन्दा गिर्दाे छ । जनताबाट चुनिएका जनप्रतिनिधिलाई दल रोज्न दिने आयोगले बामदेव गौतम, तुलसा थापा, मायाँ ज्ञवालीहरुलाई किन रोक्यो ? प्रमुख आयुक्त दिनेश थपलिया ओली डिजाइनका कुपात्र किन बन्दै छन् ? राजनीतिक वृत्तले यीनलाई जोगाइ राख्नु पर्ने कारण के परेछ ?
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल