Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदन भण्डारी र राजा वीरेन्द्र सक्ने समूहको साथ माधवलाई

  • अर्जुन ज्ञवाली

क्रिश्चियन साँस्कृतिक साम्राज्यवाद सीधा बाटो नभएर षड्यन्त्र गर्दै प्रवेश गर्दछ । नेपालमा पछिल्लो चरणमा उनीहरू कम्युनिष्ट ब्यानरभित्र माक्र्सवार्द, माओवादका नाममा क्रियाशील रहे । दार्जिलिङलाई केन्द्र मानेर नेपाल आएका निर्मल लामामार्फत् कम्युनिष्ट आवरणमा प्रवेश गरेको इशाइत्व माओवाद र जातिवादमा मात्रै सीमित रहेन । तत्कालिन नेकपा मालेभित्र पद्मरत्न तुलाधर र माधव नेपालमार्फत् क्रियाशील रहे । पछिल्लो चरणमा नेकपा एमालेबाट २० प्रतिशत केन्द्रीय सदस्यका साथमा चोइटिएर नेकपा एकीकृत समाजवादी पार्टी खोलेका छन् । यो उनका आवश्यकता नभएर बाध्यता हो । विशेष गरेर पञ्चायतकालदेखिनै दरबारको रोयल इन्टेलिजेन्स ब्यूरोमा काम गर्ने प्रदीप नेपाल र दामोदर समशेर राणा परिवारसँग जोडिएका बाबु मंगलप्रसाद नेपालका छोरा माधवकुमार नेपालको भूमिका शंकास्पद नै थियो ।

युरोपियन युनियन र दक्षिण कोरियाको युनिफिकेशन चर्चसँग सम्बद्ध इन्टरफेथ समूहको सल्लाहमा माधव नेपालले नयाँ पार्टी बनाएका छन् । इन्टरफेथ समूहको काम दक्षिण कोरियाको युनिफिकेशन चर्चको नीतिअनुसार काम गर्नु हो । यही समूहले विगतमा एकनाथ ढकाललाई नेपाल परिवार दल खोल्न लगाएको थियो । उनको पार्टी नचलेपछि माओवादी र एमाले एकीकरण भइसकेपछिको नेकपामा बिलिन भएका थिए । उनी पनि यो समूहसँग आवद्ध भएका छन् । युनिफिकेशन चर्चको अन्तर्राष्ट्रिय सञ्चालक समितिमा एकनाथ ढकाल रहेका छन् । उनकै नेतृत्वमा विगतमा काठमाडौंमा बिर्यपान –होली वाइन) कार्यक्रम भएको थियो । त्यस कार्यक्रमका प्रमुख माधव नेपाल थिए ।

युनिफिकेशन चर्चमार्फत् सञ्चालित इन्टरफेथ समूहका मुख्य नेतृत्वकर्ता तथा संरक्षकको रूपमा माधव कुमार नेपाल रहँदै आएका छन् । यो संस्थासँग शेरबहादुर देउवा पनि आफ्ना पारिवारिक सदस्यहरूमार्फत् जोडिँदै आइरहेका छन् । माओवादीमार्फत् युरोपियन मोडलमा क्रिश्चियन एजेन्डाहरू थोपरिए पनि त्यो बदनाम हुँदै गयो । मोहन वैद्य, बाबुराम भट्टराईमार्फत् कम्युनिष्ट ब्यानरका नेतृत्वबाट क्रिश्चियन पार्टी स्थापना गर्ने योजना असफल भयो । यतिबेला मोहन वैद्य अस्तित्व विहीन छन् भने बाबुराम भट्टराईको क्रिश्चियन पार्टी नयाँ शक्ति नचलेपछि उपेन्द्र यादवसँग जोडिएका छन् ।

काँग्रेसभित्र विशेष गरेर काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईबाट प्रभावित कार्यकर्ताहरूले हिन्दू राष्ट्रको एजेन्डा उठाउँदै जानु नेकपा एमालेका अध्यक्ष केपी ओलीले चितवनको अयोध्यापुरी राम जन्मभूमि भएको मुद्दा स्थापित गर्नु पश्चिमाहरूका लागि टाउको दुखाइको विषय थियो । मदन भण्डारी र राजा वीरेन्द्रको हत्या तथा दश वर्ष माओवादी हिंसा चलाएर चर्च विस्तार गरेको युरो अमेरिकी गिरोह यतिबेला जनस्तरबाटै नेपालको मौलिक धर्म संस्कृतिको पक्षमा जनमत उठेपछि तिलमिलाउन पुगेको छ । ततपश्चात् चर्चले तत्कालिन नेकपामा माधव नेपाल र पुष्पकमल दाहाललाई एक ठाउँमा ल्यायो । केपी ओलीलाई विस्थापित गरेर पार्टी कब्जा गर्ने पर्यन्त गरे । यो अवस्थामा ओलीलाई छुट्टै पार्टी बनाउन संसदीय दलमा ४० प्रतिशत पुगे पनि केन्द्रीय समितिमा नपुग्ने थियो । ऋषि कट्टेलको नेकपा नाममा आफ्नो दाबी र एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको फैसलामार्फत् ब्यूतिएपछि केपी ओली र नेकपा एमालेलाई राहत हुन गयो ।

त्यसपछि माधव नेपालमार्फत् युरोपियन युनियन र युनिफिकेशन चर्चले एमालेभित्रै ओलीलाई अल्पमतमा पारेर पार्टी कब्जा गर्ने प्रयत्न निरन्तर गरिरह्यो । राजनीतिका चतुर खेलाडी केपी ओलीले यो कुरा राम्रोसँग बुझेपछि पार्टीका संरचनाहरू फेरबदल गर्दै अघि बढाए । यो अवस्थामा युनिफिकेशन चर्चको माधव नेपालमार्फत् एमाले कब्जा गर्ने याजना असफल भयो । उनीहरूले माधव नेपाललाई नयाँ पार्टी खोल्न निर्देशन दिए । पार्टी घोषणाको नेपालको कार्यपत्रमा सबैभन्दा पहिला ओलीले पशुपतिनाथमा चढाएको सुनको जलहरी र अयोध्यापुरीको राम जन्मभूमिमाथि आक्रमण गरेर आफू युनिफिकेशन चर्चको मिशनमा प्रविबद्ध रहेको सन्देश माधव नेपालले शुरुमै प्रभाहित गरेका छन् । स्मरण रहोस्, यो दस्तावेज लेख्ने घनश्याम भुसाल अहिले ओलीतिरै लागेका छन् ।

राष्ट्रपतिमार्फत् संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा बहस चलिरहेको अवस्थामा युरो अमेरिकी रणनीतिमा पूर्व सेनापति रुकमाङगद कटवालले आफूलाई विदेशीको समर्थन रहने र तपाईंलाई पनि सहयोग हुने हुनाले विद्या भण्डारीलाई हटाएर आफूलाई राष्ट्रपति बनाउन प्रस्ताव ओलीसँग गरे । निर्वतमान प्रधानसेनापति पूर्णचन्द्र थापाले ६ महिना आफ्नो म्याद थप गर्न प्रस्ताव गरे । युरो–अमेरिकी रणनीतिमा सेनामार्फत् आएका यी दुवै प्रस्ताव तत्कालिन प्रधानमन्त्री ओलीले अस्वीकार गरे । ततपश्चात् अब केपी ओलीलाई प्रयोग गर्न नसकिने निश्कर्षमा पुगेपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा र तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा पटक पटक वार्तालापमा बसे र २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेशको फैसलासहित कु गरियो । यहाँसम्म आइपुग्दा खेल निकै अघि बढिसकेको थियो । यो अवस्थामा केपी ओलीसँग पार्टीलाई बचाउनु बाहेक अरु कुनै विकल्प थिएन । वास्तवमा ओलीले माधव नेपाल विहीन एमाले बनाउन चाहन्थे । किनकि माधव नेपालको युरो अमेरिकी रअ र दरबार कनेक्सन ओलीले जति अरुले बुझेका थिएनन् । माधव नेपाललाई जुन शक्ति केन्द्रले मदन हत्यापछि एकछत्र नेतृत्वमा ल्यायो । त्यो अवस्थामा माधव नेपालसँग जुध्न खोज्नु मदन भण्डारी जस्तै समाप्त हुने मार्ग थियो ।

युनिफिकेशन चर्चको माधव नेपाल कनेक्सन जस्तै जर्मन गुप्तचर संस्था एफइएस मार्फत् रोजा लक्जम्र्बर फाउन्डेशनको ब्यानरमा क्रियाशील घनश्याम भुसाल, माधव नेपाल मार्फत् पार्टीको दस्तावेज लेखेर अन्त्यमा एमालेमै रहनु रहस्यमय छ । एफइएसले नेपालमा अमेरिकी गुप्तचर संस्था सिआइएसँग समन्वय गरेर काम गर्दछ । सुभाष नेम्वाङदेखि इन्सेकका सुबोधराज प्याकुरेलहरू मात्र होइन विगतमा संविधानसभाभित्र युरोपियन क्रिश्चियन मिशनमा ककस निर्माण गरेर त्यसमा बसेका गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङहरू एमालेमै छन् । यसकारण माधव कुमार नेपाल अलग हुँदैमा एमालेभित्र चर्च कनेक्सनको घेरा भने अलग भइसकेको छैन ।

आरएसएस भारत र पश्चिमा
चर्च कनेक्सन र मिशनको राजनीति नेपालमा बदनाम भएपछि गणतन्त्र, संघीयता र धर्म निरपेक्षता कार्यान्वयन गर्न सहयोग गर्ने म हुँ भन्ने पूर्व सेनापति रुकमाङगद कटवालसहितको इन्डो सिआइए समूहलाई हिन्दू आवरणमा आरएसएसले अगाडि सारेको छ । भारत र अमेरिकी आडमा ओलीसँग राष्ट्रपति बनाउनुहोस् भनेर प्रस्ताव गर्ने यिनै कटवाल हुन् । सेना, आरएसएस र पश्चिमाको यस प्रकारको पछिल्लो षड्यन्त्रलाई अस्वीकार गरेको कारण नै अदालत प्रयोग गरेर ओलीलाई बाहिर राखिएको हो । माधव नेपाल त्यत्तिकै बाहिरिएका छैनन् । उनले पटक पटक भनेका छन्, बाहिर रहेका कम्युनिष्ट, क्रान्तिकारीहरूसँग एकता हुनेछ । त्यो भनेको मोहन वैद्य, मोहनविक्रम, बाबुराम जस्ता चर्चद्वारा सञ्चालित स–साना घटकहरूतर्फ लक्षित छ ।

यो भनेको युरो–क्रिश्चियन रणनीतिमा चलाइएका कम्युनिष्ट ब्यानरका घटकहरूलाई एकतृत गर्ने अभ्यास हो । यही अभ्यासअन्तर्गत उनले नयाँ पार्टी खोलेका छन् । अहिले माधव नेपाल जुन शक्तिले मदन भण्डारी मा¥यो, वीरेन्द्र मा¥यो त्यही शक्तिको आडमा पार्टीबाट चोइटिएका हुन् । रविन्द्र मिश्रको साझा विवकेशील, बाबुराम भट्टराईको नयाँ शक्तिलाई बोके जस्तै बहुराष्ट्रिय कम्पनीको आडमा सञ्चालित पत्रिका, पत्रकार, लेखक, टेलिभिजनहरूले केही समय माधव नेपालको प्रचार जोडतोडले गर्नेछन् । परिणाम भने बाबुरामको नयाँ शक्तिको भन्दा भिन्दै आउने छैन । यो देश मत्स्येन्द्रनाथ, भैरवनाथ, गोरखनाथ, भगवन्तनाथ, देवीहरूको शक्तिमा निर्माण भएको हो । विधर्मीहरूको समाप्तिलाई कसैले रोक्न सक्दैन । सबैलाई चेतना भया ।