Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । राजनीति दलको गोटी बन्दा नेपाल प्रहरीले तालिम नगरेका तर निरिक्षक हुने योग्यता पुगेका क्षमता नभएका धसेटा जबर्जस्त बोक्दा बदनाम हुनु परेको छ । प्रदिप शम्सेर जवरालाई राष्ट्रिय अनुसन्धानबाट ३० जना स्थानन्तरण गर्न बाध्य पार्ने मन्त्री थिए स्व खुम बहादुर खड्का । एमालेका बामदेव गौतम र काँग्रेसका खड्का नै नेपाल प्रहरी बदनामको घर बनाउने राजनीतिज्ञ हुन् । अहिले नेपाल प्रहरीको बदनाम तीनैले गराए उनीहरुले नेतृत्व लिएको जिल्ला विवादीत छन् । यो प्रसङ्ग आउनुको कारण रौतहटका एसपी शिद्दि विक्रम शाहाको चरित्र हो । २०५८ पूस २५ मा राष्ट्रिय अनुसन्धानबाट प्रहरीमा प्रवेश गरेको यो टोली बदनाम भएको हो ।
एसपीहरु विमल बस्नेत, रामेश्वर यादव, श्यामकृष्ण अधिकारी, योगबहादुर पाल, बामदेव गौतम, ओम राना, टीका बहादुर केसी, मनोज कुमार यादव, सुरेन्द्र गुरुङ्ग, शारदा प्रसाद चौधरी, केदार खनाल, सञ्जीप शर्मा, डम्बर विक त्यस्ता पात्र हुन् । जसले नेपाल प्रहरीको पोशाक कै मर्यादा बचाउन सकेका छैनन् । सरकार यस्तै पात्र बोकिरहेछ । फौजी कानूनले आफ्नो न्यूनतम कार्यविधिको पालन गर्न राजनीति स्वीकृति लिनु पर्दैन । प्रहरीको आफ्नै कानून छ विधि र पद्दति छन् । तर निर्णय गर्ने आईजीपीले हो । बदनामले संस्थागत बदनाम गर्न सक्छ गरेको पनि छ तर प्रहरीले तीनैलाई पालिरहेको छ ।
जसले प्रहरीको तालिम लिएकै छैन । प्रहरी के हो मतलब छैन त्यस्तो टोलीलाई ११२ र ११३ औँ टोलीका निरिक्षकहरुले प्रतिवाद गर्दा सरकार रमिते भयो । अदालतले समेत राजनीतिक दबाब थेग्न सकेन । राजनीति पहुँचको आडमा नालायकहरु प्रहरीमा कमाउन सकृय भए अहिले संस्थागत बदनाम गराए । तर नेतृत्व भने मौन बसेको छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल