Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाशुपत क्षेत्रको मूर्तिबाट १७३ तोला सुन गायब

पाशुपत क्षेत्रको गुह्यश्वेरी मन्दिरभित्रका मूर्तिहरुबाट सुन गायब भएको पाइएको छ । २०५७ सालमा अष्टदल र भैरवको मूर्तिमा राखिएको ७१३ तोला सुन र १३३।३९४ किलो चाँदीको ‘मोलम्बा’मा प्वाल परेको जानकारी २०६७ भदौ ५ गते नै पाए पनि कोषले आर्थिक वर्ष २०७५र०७६ मा आएर मात्र मर्मतको काम सुरु गर्‍यो ।
अहिले ती दुई मूर्तिबाट १७३।५ तोला सुन ‘क्षय भएको’ कोषले बताएको छ । कोषले तयार पारेको मुचुल्का अनुसार फूल, रंग र अक्षताका कारण ‘खियावट भएर’ त्यतिका सुन हराएको हो । खियाले नै सकेको भएपनि मुलतः कोषको लापरबाहीका कारण ती मूर्तिबाट हालको मूल्य अनुसार १ करोड ५७ लाख ८९ हजार रुपैयाँको सुन क्षयीकरण भएको छ ।
कोषले मर्मतका लागि किनेको सुन(चाँदीको परीक्षण पनि गरेन । सुन र चाँदीबाट मूर्ति मर्मत गर्न प्रतिस्पर्धा पनि नगराई एउटा निजी कम्पनीलाई जिम्मा दिएको छ । मर्मत सम्भार गर्दा गालेको सुन(चाँदी पत्रु कोषमा पेस गर्ने र उक्त पत्रुको परिणाम यकिन गरेर सदस्य सचिवको निर्णयबाट नष्ट गर्ने उल्लेख भए पनि कार्यान्वयन भएको छैन ।
‘खियावटबाट भएको नोक्सानी, खिया लाग्दा निस्केको अवशेषको टुक्रा, पत्रुको स्थिति यकिन गरेर आगामी दिनमा पुनः यस्तो समस्या नआउने गरी अष्टदल तथा भैरवको मूर्ति प्रतिस्थापन कार्य सम्पन्न गर्नुपर्छ,’ महालेखा परीक्षककको कार्यालयले आफ्नो प्रतिवेदनमा भनेको छ ।