Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताएका छन् । १८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दैै उनले स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर हुने बताएका छन् । निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउने तथा विकास, समृद्धि र सुशासन प्रवद्र्धनमा सबै निजामती कर्मचारी ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिबद्ध हुनु आवश्यक रहेको शुभकामना सन्देशमा भनिएको छ ।
गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । निजामती सेवा दिवसका अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको बसुन्धरा पार्क नजिकै वृक्षरोपण गरेका छन् । सो अवसरमा सडक किनारमा कोइरालो, टाँकीलगायत बिरुवा रोपिएको थियो । कार्यक्रमममा प्रमुख सचिव डा दामोदर रेग्मी, वन तथा वातावरण मन्त्रालयका सचिव डा महेश्वर ढकाल, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बराल, निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कास्की अध्यक्ष भरत भुसाल लगायतको सहभागिता थियो ।
उक्त अवसरमा कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा उत्कृष्ट ठहरिएका तीनवटा कार्यालय, पोखरा महानगरपालिका–२४ कार्यालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखरा र सङ्घीय आयोजना कार्यान्वयन एकाई सहरी विकास पोखरालाई सम्मान गरिएको थियो । मुख्यमन्त्री पोखरेलले ती कार्यालयका प्रतिनिधिलाई प्रमाणपत्र हस्तान्तरण गरे ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल