Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसी उपाध्यक्ष सुमार सोझै एमाले अध्यक्ष ओलीकोमा

काठमाडौं । जसरी पनि संसदबाट एमसीसी पास गराउने र नेपालमा चीन विरुद्ध गुप्तचरीका लागि वातावरण बनाउन लागेको अमेरिकाले भौतिक उपस्थितिमै दबाव सिर्जना गर्न थालेको छ । अमेरिकी अनुदान सम्झौता एमसीसी उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डलले आज राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने भएको छ । आज बिहान काठमाडौं उत्रिएको सुमार नेतृत्वको टोलीले आजै अमेरिकी राजदूत बेरीसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ ।

दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको बालकोटमा भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । ओलीसँग भेटेपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । अनुदान सम्झौतालाई लिएर नागरिक तथा सत्तारुढ गठबन्धनबीचमै मतभेद कायमै रहँदा समर्थन जुटाउन सुमार काठमाडौं आएकी हुन् । सरकारबाट हटेपछि एमाले एमसीसीलाई लिएर अनिर्णित छ । सरकारमा रहँदा एमसीसी अनुमोदनमा दबाब दिएको एमाले प्रतिपक्षीमा गएसँगै अनिर्णित देखिएको हो ।