Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इज्जत बच्यो प्रहरीले पायो सफलता

काठमाण्डौ । प्रहरीले अनुसन्धान राम्रोसँग गर्याे भने देशका अपराधी उम्कन सक्दैनन् भन्ने प्रमाण सखुवासभाको मादी घटनाका एक्ला दोषी २६ वर्षिय सनकी युवा लोकबहादुर कार्कीको पक्राउ हो । घटनाको साता नबित्दै प्रहरीले दोषी पत्ता लगायो । अपराध अनुसन्धानमा सक्षम नेपाल प्रहरीले पाएको यो सफलता जस्तै निर्मला पन्थ बलत्कार र हत्या प्रकरणका आरोपी भने पक्राउ परेका छैनन् । नेपालको अपराधमा राजनीतिक संरक्षण रहेको छ । भ्रष्टाचारमा दलाल किमशन र विचौलिया पालेर उनीहरुकै स्वार्थमा काम गर्ने राजनीति दलहरु आलोचीत छन् । तर लाज मान्दैनन् ।

प्रहरीलाई राजनीति हस्तक्षेप मात्र नहुने हो भने जस्तै अपराधीहरु पनि अनुसन्धानको दायरामा पुग्छन्, पक्राउ पर्छन भन्ने कुरा सखुवासभा घटनालाई लिए हुन्छ । जहाँ अनुसन्धानमा सबल सिआईबीका डिएसपी रुगम कुवर खटे, प्रदेश १ का डिआईजी अरुण विसीले टीम बनाए, त्यो टीममा संघिय प्रहरी ईकाइका एसपी भिम ढकालको टोली जिल्लाका डिएसपी लाल ध्वज सुवेदीसँगै इप्रकाको अर्काे टोली घटना स्थल पुग्यो । प्रहरीले गरेको छानविन नियोजीत रुपमा थन्कीएको ३३ किलो सुन प्रकरण हो । निर्मला पन्थ प्रकरण राजनीति संरक्षण हो । राजनीति संरक्षणले भ्रष्टाचारी जोगाईन्छ । एनसेलको कर, विद्यूतको महशुल नउठ्नु राजनीति हस्तक्षेप हो भने थापसेर्कु, बाइडबडी भूत्तानी, सेकुरिटी प्रेस, नेपाल ट्रष्टको जमीन, ललिता निवास प्रकरण, अप्टीकल फाईबर विस्तार प्रकरणको भ्रष्टाचारमा समेत राजनीति स्वार्थ छ । प्रहरीले हात हालेर तुहाईएको ३३ केजी सुन प्रकरण इतिहाँसमा स्थापित भयो । यो लज्जा जनक स्थिति प्रति राजनीति लाज छैन ।

तर सखुवासभा काण्डमा प्रहरी सफल भयो । जसले संस्थाको हित गर्छ इज्जत राख्छ त्यो व्यक्तिले क्षमता अनुसारको कार्यक्षेत्र दिलाउन राजनीति र्सोसर्फोस जरुरी छैन । प्रहरी नेतृत्वमा जो सुकै आवस उसले क्षमता भएका प्रहरी अधिकृतहरुलाई स्थान दिदा राजनीतिक स्वीकृत लिन पर्दैन । उनीहरुलाई क्षमता अनुसार काम दिने हो भने बदनाम प्रहरीले गुमेको प्रतिष्ठा बचाउन सक्छ । प्रहरी आइजीपी श्याम भक्त थापाको कार्यकाल धेरै छैन । उनको कार्यकालको ऐतिहासीक स्मरण सखुवासमा अपराध हो जहाँ ६ जना मारीए ।


सम्बन्धित समाचार