Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमाले कर्मचारीलाई ओलीले उकासे

काठमाण्डौ । सरकारबाट लखेटिएपछि एमाले अध्यक्ष केपी ओलीले पार्टी निकट कर्मचारी उचालेर देउवा सरकारमा आवद्द दलहरु फ्रिजमा जमेको आईस हुन फ्रिजबाट निकाल्ना साथ पग्लाछन् भनेका छन् । एमाले पक्षधर निजामति कर्मचारी संगठनमा ओलीपक्ष नेतृत्वमा अल्पमतमा परेको छ । अध्यक्ष उपाध्यक्षहरु मात्र होइनन् अधिकांश पदाधिकारीहरु माधव नेपाल समूहमा छन् ।

पार्टी फुट्नासाथ कर्मचारी, मजदूर, विद्यार्थी मात्र होइन पत्रकारहरु समेत विभाजीत भएर छुट्टा छुट्टै समूह खडा गर्ने गलत प्रवृत्तिले सबैलाई ग्रस्त बनाएको छ । बहुमत नहुँदा नेतृत्वमा नयाँ चरण शुरु गर्ने गलत संस्कृति नेपाली राजनीतिले मुल एजेण्डा बनाएको छ । ओली सरकारबाट हटनासाथ एमाले विभाजीत भएको हो । एमालेको नेतृत्व ओलीले लिएपछि पार्टी समुहिकताका बारेमा बहस चलेन सामुहिक निर्णय भएनन् । समस्यामा एकजुट नहुने हो भने निर्णायक निष्कर्ष आउँदैन । जनवर्गीय संगठनहरु विभाजीत हुँदा एउटै मुद्दा र एजेण्डा भएका शक्तिहरुमाथि राज्यले प्रहार गर्दछन् ।

ओलीले १४ महिना पछि सरकारमा आफै आउने र आफ्नो ४१ महिने कार्यकालको थालनी शुरु हुने बताए । तर विचौलिया माफीया र तस्करको पक्षमा भएका कामको प्रायचिस्ता भने गरेनन् । गल्ती स्वीकार्न नसक्ने प्रवृत्ति केपि ओलीमा छ । एमालेको ओली गुटले पेशागत महासंघ समेत बहुमत गुमाएको छ । एमाले विभाजन ओलीको कारणले भएको हो । तर केपी ओली गल्ती नसुधार्दा देश भद्रगोल अवस्थामा पुगेको हो ।


सम्बन्धित समाचार