Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मेगाले गण्डकी विकास बैंक मर्जरको सैद्धान्तिक सहमति

काठमाडौं। मेगा बैंकले गण्डकी विकास बैंक एक्वायरगर्ने भएको छ। बुधवार साँझ प्राप्तिका लागि दुबै बैंकबीच सैद्धान्तिक सहमति भएको छ।सहमतिपत्रमा मेगाका अध्यक्ष भोजबहादुर शाह र गण्डकीका अध्यक्ष शुशील गौचनले हस्ताक्षर गरे।
यो प्राप्तीपछि बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगाका अध्यक्ष शाहले बताए। गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाईने उनले जानकारी दिए।
असार मसान्त ०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार ९८ अर्ब रहेको छ। हालको शाखा संख्या १९१ पुगेको छ।
वाणिज्य बैंकसँग मर्जरका लागि प्रयास गरेपनि सहमति हुन नसकेपछि मेगाले विभिन्न विकास बैंकसँग कुराकानी गरेको थियो। दुई साता अघि मेगा बैंकका अध्यक्ष शाह र गण्डकी विकास बैंकका संचालकबीच अन्नपूर्ण होटलको चाइनिज रेष्टुरेन्टमा छलफल भएको थियो। गण्डकीको पोखरामा केन्द्रीय कार्यालय छ।


सम्बन्धित समाचार

आज कहाँ कहाँ पर्छ पानी ?

२०८१ आश्विन १३

ताजा नेपाल