Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संखुवासभा सामूहिक हत्या नाबालकलाई चिर्पट प्रहार, वृद्धाको टाउको ठोक्काएर गरियो

लोकबहादुर कार्कीका काका खड्गबहादुर कार्की र छोरा हस्तबहादुर मिलेर सबैभन्दा पहिला ५५ वर्षका तेज बहादुर कार्कीलाई हत्या गरेका थिए । भदौ २१ मा बिहान ५ बजेर २० मिनेटदेखि ४० मिनेट सम्ममा सबै जनाको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । तेजबहादुरलाई चिर्पटले हिर्काएको देखेर दौडिँदै आएका पत्नी कमला र बुहारी रञ्जनालाई हत्या गरेर लोकबहादुरको समूह दुई नाबालकतर्फ लम्किए ।

रञ्जनाका छोरा ८ वर्षका विपिन कार्की र ५ वर्षकी छोरी गोमा घर नजिक बाटोमा निस्किएका थिए । लोकबहादुर र उनका दाई काकाको छोरा हस्तबहादुर मिलेर विपिन र गोमाको बाटोमा छेकेका थिए । अनि, मुख थुने । चिर्पटले हिर्काए । चिर्पटले हिर्काएपछि घाँटी बटारेको अनुसन्धानबाट खुलेको छ’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘नाबालकलाई हत्या गरेर सो समूह तेजबहादुरको घरमा पुगेको थियो ।’ घरमा ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याई रहेकी थिइन् । हस्तबहादुरले उनलाई समातेर घर पछाडिको गोठमा लगेका थिए ।

‘लोकबहादुरले पार्वतीको टाउको भित्तामा ठोक्काए’ डिएसपी लालध्वज सुवेदी भन्छन्–‘अनि मुन्टो बटारेर हत्या गरेपछि सबैजना लोकबहादुरको घरमा गएर प्रमाण लुकाएको देखिन्छ ।’ भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । लोकबहादुरका काका खड्गबहादुर हत्याको मुख्य योजनाकार रहेको अनुसन्धानबाट थाहा भएको छ ।


सम्बन्धित समाचार

इरानलाई ट्रम्पको कडा चेतावनी

२०८३ जेष्ठ ४

ताजा नेपाल

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

२०८३ जेष्ठ ४

ताजा नेपाल