Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सीमा क्षेत्रमा तस्कर चम्के

काठमाडौं । सीमा क्षेत्रको १ हजार आठ सय ८० किलो मिटर क्षेत्रको सुरक्षा गर्ने जिम्म पाएको शसस्त्र प्रहरी भारतीय तस्करहरुको आक्रमणमा पर्न थालेको छ । तस्करसँग मिलेर कमाउनेहरुका लागि त यतिखेर कमाई बढाउनु छ । त्यस्ता चरित्रले कमाई गर्छन हल्ला गर्दैनन् । तर इमान्दार पूर्वक खट्नेहरु तस्करको निशानामा पर्छन् । अहिले सिमा जोडिएका जिल्लाहरु तस्करको निशाना बनेको कारण त्यही हो । वीरगञ्ज रौतहट तर्फ तस्करी चम्कीएको छ ।
पूर्वको माने भन्ज्याङ्गदेखि पश्चिमको धार्चूला टिकरसम्म नेपाल भारत सीमा जोडिएको १ हजार ८ सय ८० किमीमा शसस्त्रका वोर्डर पोष्टहरु छन् । त्यस्तो स्थानमा खटेका प्रहरीलाई सरकारले भौतिक पूर्वाधार निर्माण गर्ने क्रम जारी हुदै गर्दा डिउटीमा खटेका शसस्त्रलाई भौतिक आक्रमण भइरहेको छ । कञ्चनपूरमा सोमबार साँझ शसस्त्र माथि भारतीय तस्करको आक्रमण भयो । दोधरा चादिनी क्षेत्र भारतसँग सीमा जोडिएको गाँउ पालिका नै छ । गस्तीमा खटिएको टोली तस्करको आक्रमणमा पर्छन् । नेपालतर्फ शसस्त्र र नेपाली प्रहरी छन् ।
भारतीय प्रहरी आफ्नो देशका तस्करको सुरक्षा गर्छ नेपालमा तस्करी गर्ने भारतीय सीमा चर्चामा हुन्छन् । जहाँ नाका सहज हुन्छ तस्करी त्यही बढी हुन्छ । अपराधी नेपालबाट भारतमा लुक्ने भारतका नेपाल लुक्ने गर्छन् । दुई देशका सुरक्षा समूहको नेतृत्व बीचमा समन्वय हुने हो भने दुवै देशका सीमा प्रहरीको ज्यान खतरामा पर्दैन । तर उपल्लो तहले त्यो सोच्दैन । पिडामा तल्लो तह पर्छ ।