Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ओेली दम्ब झन्झन् बढ्दै

काठमाण्डौ । प्रधानमन्त्री राजेगार कार्यक्रम अन्तर्गत कार्यकर्तालाई झार उखेल्ने रोजगारी एक महिना दिएर विकासको भेल बगाएर गुटबन्दी चर्काएका नेकपा एमाले अध्यक्ष केपि ओलीले देउवा सरकारको भण्डाफोर गरेका छन् । एमालेले ल्याएका कार्यक्रमहरुमा भएको नीतिगत लुटको छानविन हुने हो भने ओली सरकारका असफल भ्रष्ट मन्त्रीहरु सबै कारबाहीमा पर्छन् । तत्कालीन उपप्रम इश्वर पोख्रेल स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कोरोना लुटको भने ओलीलाई जानकारी छैन । किनकी ओलीको साथ पाएर राज्यलाई प्राप्त हुने बजेट मै धमिरा लगाउने काम भएका थिए । ओलीले त्यो राम्रो ठान्छन् । यति एयर थामसेर्कू, नेपाल ट्रष्टका नाममा भएका लुटतन्त्रको छानविन कसैले गर्दैन ।

कोरोनाको बेला ओम्नी र हकामको नाममा भएको ब्रम्हलुटको उजुरी अख्तियारमा थुप्रिएको छ । तर त्यहाँ छानविन हुदैन । किनकी अख्तियार प्रमुख आयुक्त प्रेम राई एमाले अध्उक्ष केपि ओलीका विश्वासीला पात्र हुन् । राजनीतिक नियुक्तिमा विज्ञ भन्दा गुटका दलाललाई ठाँउ दिने काम भएको छ । एमालेले बजेट बिनाका कति योजना बनायो त्यो योजनाको न त प्राविधिक अनुसन्धान छ न त वातावरणीय अनुसन्धान थियो । तर ओली सत्तामा टिक्न भारतीय सत्ताको बढी दलाली गरेर चुच्चे नक्सा छापिएका पुस्तक शिक्षा मन्त्रालयमा कुहाएकै थिए । अहिले देउवा सरकारलाई भ्रष्टाचारीको सरकार हो भन्न ओलीलाई कुनै संकोच भएन । पार्टी विभाजन उनकै कारण भएको हो । एकिकृत पार्टी नेकपा फुटाउने ओली नै हुन् । प्रदेश मन्त्री परिषदमा आफ्नो गुट बाहेकलाई मौका नदिने नेकपा एमालेको ओली गुटले मुुलुकको हित कति गरेको थियो त्यो कसैलाई लुकाउनु पर्दैन ।

एमालेले ९ महिने सत्ताकालको ब्याज खाँदैछ । तर बहुमत प्राप्त सरकारलाई जनताको पक्षमा भन्दा गुटको हितमा कमाइ गर्नाल त्यसको हैसियत देखाएको छ । नेकपा एमालेका नेताको चरित्र भ्रष्टाचार कमिशन मोहमा डूब्यो । मुलुक निर्माण भन्दा ध्वस्त बनाउने योजना बनाइयो । १ खर्ब ४ अर्ब ९५ करोड बेरुजू उठाउनु पथ्र्याे । ओली शासन देशमा कंलकीत बनेको जनताले देखे । तर डुक्राइ कडा छ ।


सम्बन्धित समाचार