Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित पक्राउ तथा बरामद

काठमाडौं । पर्सा, पर्सागढी नगरपालिका-४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका-३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी मिलनचोकबाट संयुक्त रुपमा खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, थाक्रे गाउँपालिका-७ हाप्सेचौर चेक प्वाइन्टस्थित ना.५ ख ७०७० नम्बरको बसबाट अवैध लागूऔषध चरेश जस्तो देखिने खैरो पदार्थ करिब १ केजी प्रहरीले बरामद गरेको छ । मकवानपुरबाट काठमाडौं जाँदै गरेको उक्त बस जाँच गर्ने क्रममा सिट भन्दा माथि झोला राख्ने ठाउँमा प्रहरीले उक्त पदार्थ फेला पारेको हो । बसका चालक र बसमा सवार शंकास्पद १ जनालाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार