Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रतिनिधिपात्र मात्रै हुन् नारायण वाग्ले, मदन पुरस्कार र गुठीको राष्ट्रघाती धन्दा

  • अर्जुन ज्ञवाली

तथाकथित नागरिक अभियन्ताको आवरणमा गाई गोरु काट्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका वरिष्ठ पत्रकार नारायण वाग्ले नेपालको पत्रकारिता, तथाकथित नागरिक समाज, भँडुवा बौद्धिक जगतका प्रतिनिधिपात्र मात्रै हुन् । कान्तिपुर, नागरिकको प्रधानसम्पादक समेत भइसकेका वाग्लेले दिएको अभिव्यक्ति नेपाली सञ्चार जगतकै प्रतिविम्ब ऐना हो । यस प्रकारको अभिव्यक्ति नौलो होइन । २०५१ सालमा एमालेको अल्पमतको सरकार बनेको अवस्थामा तत्कालिन मन्त्री पद्मरत्न तुलाधरले पनि यस्तै अभिव्यक्ति दिएका थिए । पूर्व सभामुख दमननाथ ढुंगाना र पद्मरत्न तुलाधरले एन्टीटिपी पिसमार्फत् युरो अमेरिकी मिशनमा नेपालमा जातीवादी, अराजकततावादी मुभमेन्ट चलाइराखेका थिए । दमननाथ ढुंगानाका ज्वाइँ पनि हुन् नारायण वाग्ले । नेपालका सञ्चार मिडियाले कस्तो खेति गरिरहेका छन् भन्ने प्रत्यक्ष विम्ब पनि हुन् वाग्ले । पल्पसा क्याफेमा मिशनअनुसार मदन पुरस्कार प्राप्त गरेका वाग्लेलाई के को लागि पुरस्कार दिइयो ? नेपालमा कस्ता लेखनलाई पुरस्कृत गरिन्छ भन्ने प्रतिविम्बको रूपमा पनि नारायण वाग्लेलाई लिन सकिन्छ ।

संसारकै एकमात्र तन्त्रले बनेको देश नेपाल हो । भैरवनाथ, मत्स्येन्द्रनाथ, गोरखनाथको सुक्षम आध्यात्मिक भूमिका यो राष्ट्र निर्माणमा रहेको छ । यो कुरा बुझेका पश्चिमाहरूले विभिन्न एनजीओ, आइएनजीओमार्फत् नेपालको पत्रकारिता, प्रकाशन संस्था, विश्वविद्यालय कथित बौद्धिक भनिनेहरूलाई बम्बईमा चेली बिक्री गर्ने दलालहरूलाई जस्तै व्यापक लगानी गरेका छन् । यही भित्रका प्रतिविम्ब मात्र हुन् वाग्ले । अब सम्झिनुहोस्, यस प्रकारका पात्र विभिन्न मुलधारका भनिने सञ्चार संस्थाको सम्पादक हुँदा उनले सम्प्रेषण गर्ने समाचार, उनले राखेका स्तम्भकार र लेखकहरू कस्ता हुन्छन् ? आफैंमा प्रष्ट बिम्ब हुन् वाग्ले । वाग्ले त अहिले खुलेआम सार्वजनिक रूपमा देखिएका पात्र मात्रै हुन् । समग्र नेपालको पत्रकारिता, तथाकथित लेखक र चर्चित प्रकाशन संस्थाहरूनै वाग्ले प्रवृत्तिका रहेका छन् ।

नेपालको एकीकरणको वैदिक जगमाथि कुतर्क खडा गरेर पश्चिमा मिशनमा लेख्नेहरूको बजारमा बिगबिगी रहेको छ । फाइन प्रिन्ट, नेपालय, हिमाल प्रकाशन, बुक हिल, नेपालमा पहिलो बाइबल प्रकाशन गर्ने एकता प्रकाशन, सांग्रिला आदि र यस्तै प्रकारका धेरै प्रकाशन गृह छन्, जहाँ नारायण वाग्ले प्रतिविम्बका बहुरंगी पात्रहरू लेखक रहेका छन् र यस्तै पात्रहरूलाई मदन पुरस्कार लगायत विभिन्न पुरस्कारहरूबाट बजारमा प्रपोगण्डामा ल्याइन्छ । नेपालका वाग्ले प्रवृत्तिका सञ्चार माध्यमहरूले समिक्षा गरेर बहस चलाउँछन् । ततपश्चात् सिन्धुपाल्चोकतिरबाट बम्बैका वेश्यालयमा चेली बिक्री गर्नेहरू र ग्राहकहरूले लुकिलुकी लाम लागेर वेश्यावृत्ति गरेजस्तै नेपालका पुस्तक पसलमा गुप्तचरहरूलाई परिचालन गरिन्छ । अनि १ हजार प्रति प्रकाशन गरेर ५० हजार बिक्री भएको प्रपोगण्डा गरिन्छ तर बिक्री गरेको कर राज्यलाई तिरेको कतै पनि रेकर्ड हुँदैन । यस्ता समाचारहरू कान्तिपुर लगायतका सञ्चार मिडियामा व्यापक विज्ञापनका साथ प्रकाशित गरिन्छ ।

यसकारण वाग्ले प्रतिविम्ब पात्र मात्रै हुन् । आफूलाई पृथ्वीभन्दा अलग ग्रहका जाने बुझेका ठान्ने यस प्रकारका पत्रकार, लेखक र प्रकाशकहरू बम्बैमा चेली बिक्री गर्ने दलाल भन्दा भिन्न होइनन् । यसकारण यी सबै विकृतिको प्रवृत्तिको प्रतिनिधित्व नारायण वाग्लेले गरिरहेका छन् । यस प्रकारका नारायण वाग्लेहरू बजारमा छ्यापछ्याप्ती छन् । नारायण वाग्ले विम्ब मिशन पत्रकारिता प्रकाशक र लेखकहरूलाई सत्य, यथार्थ र नेपाल राष्ट्रको एकीकरणको जगमा उभिएर कलम चलाउनेहरूको नाम लिनै प्रतिबन्ध जस्तो छ । यहाँ त राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई गाली गर्नु पर्दछ, भानुभक्तका शालिक तोड्नुपर्दछ, पश्चिमा पादरीहरूले लेखिदिएको भ्रमपूर्ण कुराहरूलाई गोयबल्स प्रपोगण्डामा उतार्नु पर्दछ ।

जस्तो दिनेशराज पन्त र महेशराज पन्तले जस्तै क्रिश्चियन मिशनमा पृथ्वीनारायण शाहले १७ धार्नी नाक काटे भनेर पश्चिमाहरूले लेखिदिएको झूठ इतिहासलाई त्यति त होइन, अलि थोरै हो भनेर त्यही कुरालाई पुष्टि गरिदिन प्रयत्न गर्ने पन्त प्रवृत्ति जस्तो हुनुपर्दछ । ततपश्चात् नारायण वाग्ले मिशनका सम्पादक रहेका कान्तिपुर, नागरिकल गायतका पत्रिका र सञ्चार मिडियाहरू र यस प्रकारका टेलिभिजनहरूमा त्यस्ता पुस्तकहरूको प्रपोगण्डाका लागि अन्तर्वार्ता र समिक्षाहरू गराइन्छ र पुरस्कार दिइहालिन्छ । किनकि गाई गोरु काटेर खान पाउनुपर्छ भन्ने नारायण वाग्ले प्रवृत्ति, यस्तो समाचार सम्प्रेषण गर्न तयार भएर बसिरहेको छ । यहाँ योगी नरहरिनाथ, सूर्यविक्रम ज्ञवाली, जोशमणि सन्त, स्वामी प्रपनाचार्यहरू प्रतिबन्धित छन् । तर महेशराज पन्त र दिनेशराज पन्त प्रवृत्तिहरू खुल्ला छन् । उनीहरूका लागि कुनै ट्याग लाग्दैन ।

वामपन्थी नारायण वाग्लेहरू
अर्घाखाँचीको हरिहर संस्कृत माविबाट अध्ययन गरेर कुकर्म गर्ने मोदनाथ पश्रित हुन् या दरबारको आरआईबीमा काम गरेका प्रदीप नेपाल, क्रियापुत्रीको हत्या गर्दैै हिँड्ने माओवादीहरू भनेका वापमन्थी नारायण वाग्लेहरू हुन् । नेपालको सामाजिक, मातृत्व र भातृत्व ध्वंश गर्न यो प्रवृत्ति कम्मर कसेरै लागेको गिरोह हो । यसकारण नेपालको पत्रकारिता, प्रकाशन संस्थाहरू, भँडुवा लेखकहरू र यस्ता लेखकले प्राप्त गर्ने पुरस्कार प्रतिविम्ब पात्र हुन् नारायण वाग्ले । यसर्थ नेपालका तथाकथित मुलधारमा स्तम्भ लेख्नेहरू धेरै समिक्षा गरिएका पुस्तकहरू आयो भने बुझ्नुहोस् नारायण वाग्ले प्रवृत्तिका नयाँ विम्बहरू जन्मिएछन् ।

मदन पुरस्कार गुठीको धन्दा
‘युनिकोड’ को डिजाइन मदन पुरस्कार गुठीको संलग्नतामा तयार पारेको पाइञ्छ । यसको प्रमुख उद्देश्य नेपाली भाषामा भएका ६४ वटा वर्णहरूलाई घटाएर, कटाएर र विस्थापित गरेर २९ वटामा सिमित राख्ने र प्रथम चरणमा २३ वटा वर्णहरूलाई विस्थापित गर्ने गोप्य योजना प्रष्ट छ । फिरङ्गिहरूको मिसनले तयार पारेको यही भाषिक भाइरस नेपालमा भिœयाएर मूलतः नेपालमा मौजुदा रहेको ‘देवनागरी’ लिपिलाई नै समाप्त पार्ने योजनामा सर्वोच्च अदालतलाई सङ्लग्न गराउन सर्वोच्च अदालतकै तत्कालिन प्रधानन्याधीश–कल्याण श्रेष्ठ र पूर्व रजिष्टार डा. रामकृष्ण तिमिल्सिनाको हात रहेको देखिन्छ ।

यसलाई गोप्य रूपमा परिचालन गर्न अदालतभित्र ठूलो टासकफोर्स नै तयार गरेको बुझिन आएको छ । राष्ट्र र जनताको सार्वभौम अस्तित्त्व र महत्त्वसँग जोडिएको भाषा एवं लिपिलाई नै समाप्त पार्न यो जघन्य अपराधमा सङ्लग्न यी अपराधीहरूलाई अवश्यमेव समयले दण्डित गरेरै छाड्ने निश्चित छ । सर्वोच्च अदालत, प्रधानन्याधीश र रजिष्टारको समेत राष्ट्र र जनतालाई भरोसा नभएपछि अरुबाट के आश र विश्वास गर्न सकिन्छ ? अब बुझ्नुहोस्, मदन पुरस्कार लगायतका पुरस्कारहरू कस्ता पात्रहरूलाई दिइन्छ ? नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, धर्म संस्कृति र एकीकरणको जगमाथि हिलो छ्याप्ने वैशालीका नगरबधुहरू जस्तै लेखकहरू नै यस्ता पुरस्कारबाट पुरस्कृत हुने गर्दछन् ।

यसकारण सर्वसाधारण पाठक, स्वतन्त्र बुद्धिजिवी, लेखक र अपवादका रूपमा रहेका राम्रा पत्रकारहरूले यो कुरालाई बुझेर भण्डाफोर गर्नू जरुरी छ । यसकारण नारायण वाग्लेलाई आलोचना गर्नु जरुरी छैन । समग्र नेपालको विश्वविद्यालयदेखि पत्रकारितासम्म बुद्धिजीवीदेखि लेखकसम्म, नेतादेखि कर्मचारीसम्म अपवादबाहेक नारायण वाग्लेहरूकै बिगबिगी छ । उनी त एउटा प्रतिविम्ब मात्रै हुन् । सबैलाई चेतना भया ।